यस्तै प्रकारले, यदि दुष्ट अनि बेइमान उपदेशकहरूलाई राजाको उपस्थितिबाट हटाइन्छ भने, उसको शासन धर्मीकताद्वारा सुरक्षित हुनेछ।
Cross references
तिनीहरूको मृत्युका लागि ऊ अपराधी हुनेछ अनि उसको परिवार पनि सदाका लागि दोषी हुनेछ। तर परमेश्वरले दाऊद, उनका सन्तानहरू, उनको राज परिवार र उनको राज्यलाई सदा नै शान्ति दिनु हुनेछ।”
तब राजा सुलेमानले यहोयादको छोरा बनायाहलाई शिमीको हत्या गर्ने हुकूम दिए अनि उनले त्यसै पालन गरे। अब राज्यमा सुलेमानको पूर्ण नियन्त्रण थियो।
यसरी तिनीहरूले हामानलाई त्यही फाँसीमा झुण्डयाए जो तिनले मोर्दकैको निम्ति बनाएका थिए। अनि राजाको क्रोध शान्त भयो।
राजाले हरेक शहरमा भएका यहूदीहरूका निम्ति जे अनुमति दिए मोर्दकैले त्यही लेखे।यहूदीहरूको साथ भेला हुने अनि आफ्नो जीवनको रक्षा गर्ने। जसले तिनीहरूलाई, तिनीहरूका केटा-केटीहरू अनि तिनीहरूका पत्निहरू लाई आक्रमण गर्ने कुनै पनि मानिस वा प्रदेशका कुनै पनि सैनिकलाई नष्टगर्ने, अनि नाम निशान मेटाइदिने अनुमति दिए राजाले तिनीहरूका शत्रुका सामान लुट्ने तिनीहरूलाई अनुमति दिए।
म मेरो घरमा झूटाहरू बस्न दिने छैन। म झूट बोल्नेहरूलाई आफू नजिक बस्न दिने छैन।
राजाले दुष्ट्याई गर्नु घृणीत हो किनभने धार्मीकताद्वारा सिंहासन सबल हुन्छ।
जब राजा उनका मानिसहरूको न्याय गर्नु बस्छन् उनले दुष्टतालाई आफ्नै आँखाले छानबिन गर्छन्।
यदि राजा विश्वासी र सत्यवादी छन् भने, उसले शक्ति सुरक्षित राख्नु सक्छन्। उसको विश्वासनीयताले उसको राज्य बलियो राख्ने छ।
यदि कुनै राजाले गरीबहरूलाई न्यायपूर्वक हेरचाह गर्छन् भने, उनको शासन दीर्घकाल सुरक्षित रहनेछ।
उहाँको राज्यमा शक्ति र शान्ति रहनेछ। दाऊद परिवारको यस राजा सदा अभिवृद्धि भइरहनेछ। यस राजाले सदा-सदाकोलागि धार्मिकता अनि न्यायका साथ देश शासन गर्नु हुनेछ। सेनाहरूका परमप्रभुसित आफ्ना मानिसहरूप्रति उत्कट प्रेम छ। यस उत्तेजित जोशले गर्दा यो सबै उहाँद्वारा गरिनेछ।
त्यसपछि दाऊदको घरानाबाट एकजना नयाँ राजा आउनेछन्। उनी देशभक्त, मायालु र कृपालु हुनेछन्। यी राजाले निष्पक्ष न्याय गर्नेछन्। उनले ती कुराहरू मात्र गर्नेछन् जुन राम्रो र सही हुन्।