Home Bibles हितोपदेश 22:16 · नेपाली बाइबल
हितोपदेश 22:16 · नेपाली बाइबल

आफ्नो धन बढाउनु जसले गरीबलाई ठग्छ अनि धनी मानिसलाई उपहार चढाउँछ भने ती दुवै जना पछि दरिद्र हुन्छन्।

Cross references

अय्यूब 20:19

किन? किनभने पापी मानिसले गरीब मानिसहरूलाई घात पार्दछ अनि गल्ती हिसाबले उसलाई जोख्दछ। उसले तिनीहरूको चिन्ता नै गरेन अनि उसले तिनीहरूका चीजबीचहरू लगिदियो। अरूले बनाएको घरहरू त्यसले खोसेर लगिदियो।

भजनसंग्रह 12:5

तर परमप्रभु भन्नुहुन्छ, ‘दुष्टहरूले गरीबहरूबाट केही थोकहरू चोरेका छन्, तिनीहरूले असहाय मानिसहरूबाट चीजहरू लिएका छन् तर म ती असहाय मानिसहरूको पक्ष लिएर लडाइँ गर्नेछु।”

हितोपदेश 14:31

जो मानिसले गरीबलाई दुःख दिन्छ उसले सृष्टिकर्तालाई अपमान गर्छ, तर जसले उहाँलाई आदर गर्छ गरीबलाई दया देखाउँछ।

हितोपदेश 22:22

गरीबलाई शोषण नगर किनभने तिनीहरू गरीब छन्, अनि गरीबलाई अदालतमा न्यायबाट बञ्चित नगर

हितोपदेश 28:3

एकजना गरीब मानिस जसले अर्को गरीबमाथि अत्याचार गर्छ। ऊ एउटा मुसलधारे वर्षा जस्तै हो उसले अन्न बालि को विनाश गर्छ।

हितोपदेश 28:22

एकजना लोभि मानिस चाँडै नै धनी हुन खोज्छ, उसले यो बुझ्न सक्दैन कि उसको लोभले उसलाई गरीबीको झन झनै नजिक तानिरहेको हुन्छ।

मीका 2:2

तिनीहरुले जमीनको चाहना गर्छन् भने तिनीहरुलाई लिन्छन्। तिनीहरुले घरहरु लिने इच्छा गर्छन भने यसलाई लिन्छन्। तिनीहरुले कुनै पनि मानिसलाई धोका दिन्छन् र उसको घर लान्छन्। तिनीहरुले एउटा मानिसलाई धोका दिन्छन् र उसको सबै चिजहरु लिनेछन्।

जकरिया 7:9

सर्वशक्तिमान परमप्रभुले यो कुरा भन्नुभयो, ‘तिमीहरूलाई जे सत्य र उचित साग्छ त्यही गर्नु पर्छ। तिमीहरू एक अर्काप्रति दयालु र करूणामय हुनु पर्छ।

लूका 6:33

यदि तिमी ती मानिसहरूको निम्ति मात्र भलाई गर्छौ ज-जसले तिम्रो भलाई गर्छन्, भने के तिमी प्रशंसाको योग्य हुन सक्छौ? होईन, कारण यस्तो त पापीहरूले पनि गर्छन्।

लूका 14:12

त्यसपछि येशूले तिनलाई निम्त्याउने फरिसीहरूलाई भन्नुभयो, “जब कुनै दिन तिमीहरूले बिहान वा बेलुकीको भोजन गराउन इच्छा गर्छौ त्यसबेला केवल आफ्ना साथीहरू, दाज्यु भाइहरू, आफन्तहरू र धनी छिमेकीहरूलाई मात्र नबोलाउ। बद्लामा तिनीहरुले पनि तिमीहरुलाई खाना खान निम्तो दिन्छन् अनि तिम्रो इनाम पाइहाल्नेछौ।

लूका 16:24

त्यसले चिच्याएर भन्यो, ‘हे पिता अब्राहम, ममाथि दया गर्नुहोस्! लाजरसलाई मकहाँ पठाइदिनुहोस् ताकि त्यसले आफ्नो औंला पानीमा चोब्न सक्छ र मेरो जिब्रोलाई शीतल पारिदिओस्।’ किनभने यी ज्वालामा म कष्ट पाइरहेकोछु।’

याकूब 2:13

यदि तिमीहरू अरूलाई दया गर्न चुकेका छौ भने तिम्रो न्याय भइरहेको समयमा परमेश्वरले तिमीलाई दया दर्शाउनु हुन्न। तर त्यो मानिस जसले दया देखाउँछ, उसको न्याय गरिएको समयमा उ निर्भय भएर रहन सक्ने छ।

याकूब 5:1

तिमी धनी मानिसहरू, सुन! विलाप गर अनि अत्यन्त शोकाकुल बन किनभने तिमीहरूमाथि अनेक आपतहरू आई पर्नेछ।

Interlinear

Choose Theme