न्यायले इमान्दार मानिसहरूलाई आनन्दित तुल्याँउछ, तर कुकर्मीहरूलाई यसले भयभित पार्छ।
Cross references
किन? किनभने जब गरीब मानिसले गुहारथ्यो, म सघाउथें। अनि माता-पिता नभएका नानीहरू र रक्षाहीनहरूको म हेरचाह गर्थें।
हे मेरो परमेश्वर, तपाईं जे चाहनु हुन्छ म त्यही अनुरूप गर्दछु। म तपाईंको व्यवस्था जान्दछु।
परमप्रभुको प्रशंसा गर! कुनै मानिसले परमेश्वरको डर र आदर राख्दछ। उ सुखी हुनेछ। त्यस मानिसले परमेश्वरका आज्ञाहरू मन पराउँदछ।
म तपाईंको नियमहरूमा रमाउने छु म तपाईंका वचनहरू भुल्ने छैन।
यदि तपाईंको शिक्षाहरूमा मैले आनन्द नलिएको भए, मेरो पीडाहरूले मलाई ध्वंश पार्ने थियो।
हे मेरो छोरो, तिमीलाई किन व्यभिचारी स्त्रीले वशमा राख्छे। किन तिमीले अर्को स्त्रीको छातीलाई अंगालो हाल्नै पर्छ?
परमप्रभुको मार्ग धर्मी मानिसहरूको लागि शरणस्थान हो, तर दुष्ट मानिसहरूको लागि विध्वंस हो।
परमप्रभुले दुष्ट मानिसहरूको घर माथि नजर राख्नु हुन्छ अनि दुष्ट मानिसहरूलाई ध्वंश पार्नु हुन्छ।
मैले बुझें कि मानिसहरूको निम्ति सबैभन्दा उत्तम कुरो यही हो, उसको जीवनमा आनन्द लिनु र असल गर्नु हो।
तपाईं त्यस्ता मानिसहरूसित हुनुहुन्थ्यो जो काम गर्न मन पराउँथे। ती मानिसहरूले तपाईंले बताउनु भएको बाटो अनुसार गर्दै तपाईंलाई सम्झना गर्छन्। तर अतीतमा हामीले तपाईंको विरूद्ध पाप गर्यौ। यसैकारण तपाईं हामीसित क्रोधित हुनुभयो। अब हामीहरू कसरी बचाइन सक्नेछौं?”
तब म तिनीहरूलाई स्पष्ट रूपले भन्नेछु, ‘तिमी त्यो पाप काम गर्नेहरू म देखि टाढा होओ मैले तिमीहरूलाई कहिल्यै चिनेको छैन।’
मानिसको पुत्रले आफ्ना दूतहरू पठाउनेछन् र तिनीहरूले ती सबैलाई भेला गर्नेछन् जसले पाप र दुष्टता गर्छन् दुतहरूले उनीहरूलाई राज्यदेखि बाहिर निकालि दिनेछन्।
अनि फेरि उसले भन्नेछ, म तिमीलाई चिन्दिनँ, तिमी कहाँबाट आएका हौ? मदेखि टाडा जाऊ। तिमीहरू सबैले नै भूल गर्छौ।
येशूले भन्नुभयो, मेरो भोजन जसले मलाई यहाँ पठाँउनु भएको छ उहाँको इच्छालाई अनुसरण गर्नु हो अनि उहाँले मलाई दिएको काम पूरा गर्नु हो।
भित्रीरूपले म परमेश्वरको व्यवस्थासँग खुशी छु।