Home Bibles हितोपदेश 20:22 · नेपाली बाइबल
हितोपदेश 20:22 · नेपाली बाइबल

यसो नभन, “म दुष्टको बदला लिनेछु।” परमप्रभुको निम्ति पर्ख अनि उहाँले तिम्रो रक्षा गर्नु हुनेछ।

Cross references

लेवी 19:18

मानिसहरूले तिमीप्रति गरेका अनिष्ट कामहरू बिर्सिदेऊ। तिम्रा छिमेकीहरूलाई आफूलाई झैं माया गर। म परमप्रभु हुँ।

व्यवस्था 32:35

तिनीहरूले गरेको नराम्रा कार्यहरूको निम्ति, म नै तिनीहरूलाई दण्ड दिन्छु। तर त्यो दण्ड त्यस समयको निम्ति जोगाई राखेकोछु जब तिनीहरू चिप्लन्छन् र नराम्रो कार्यहरू गर्छन्। तिनीहरूको निम्ति कष्टको समय नजिकै छ। तिनीहरूको दण्ड चाँडै आउनेछ।’

1 शमूएल 25:13

त्यसपछि दाऊदले आफ्ना मानिसहरूलाई भने, “आफ्नो-आफ्नो तरवार भिर।” यसरी दाऊद र उनका मानिसहरूले तरवार भिरे। झण्डै 400 मानिसहरू दाऊदसँग गए। 200 मानिसहरू मात्र सर-सामानसँग बसे।

2 शमूएल 16:12

यो हुनसक्छ, परमप्रभुले मैले शिमीद्वारा गालि खाएको देखेर म प्रति दया गर्दै राम्रो गर्नुहुन्छ।”

भजनसंग्रह 27:14

परमप्रभुको सहयोगलाई पर्ख! बलियो र साहसी होऊ! अनि परमप्रभुको सहयोग पर्ख!

भजनसंग्रह 37:34

परमप्रभुले भन्नु भएको कुराहरू गर र उहाँको सहयोगको निम्ति पर्ख। परमप्रभुले तिनीहरूलाई विजयी बनाउनु हुनेछ, अनि परमेश्वरले दिनु भएको जग्गा पाउने छौ, उहाँले दुष्टहरूलाई त्यो जग्गा छोडून लाउनु हुनेछ।

भजनसंग्रह 37:40

परमप्रभुले धर्मी मानिसहरूलाई मद्दत गर्नुहुन्छ र तिनीहरूलाई बचाउनु हुन्छ। धर्मी मानिसहरू परमप्रभुमाथि आश्रित हुन्छन् अनि तिनीहरूलाई उहाँले दुष्ट मानिसहरूबाट बचाउनु हुनेछ।

हितोपदेश 17:13

यदि कसैले असलको बद्ला दुष्टाईंले लिन्छ भने घरले सधैं कठिनाइहरूको सामना गर्नेछ।

हितोपदेश 19:11

ज्ञानी मानिस रिसाउनमा ढिलो हुन्छ अनि गल्ती गर्नेलाई क्षमा दिनु उसको यशको लागि राम्रो हुन्छ।

हितोपदेश 24:29

यसो नभन, “उसले मलाई जसो गर्यो म उसलाई त्यस्तै गर्नेछु! उसको कार्य अनुसार म उसको बद्ला लिने छु।”

यशैया 40:31

तर तिनीहरू जसले परमप्रभुमाथि भरोसा गर्दछ उ अझ बलियो हुन्छ अनि चीलहरू जस्तै आकासिन्छ। ती मानिसहरू दुर्वल नभई दगुर्छन्। ती मानिसहरू थकित नभई हिँडछन्।

विलाप 3:25

परमप्रभु ती मानिसहरूका लागि असल हुनुहुन्छ जसले प्रतीक्षा गर्दछ। परमप्रभु ती मानिसहरूका लागि असल हुनुहुन्छ जसले उहाँलाई खोज्दछ।

मत्ती 5:39

तर म तिमीहरूलाई भन्दछु, ‘दुष्टको सामना नगर्। यदि कसैले तिम्रो दाहिने गालामा चट्काइदियो भने त्यसलाई देब्रे गाला पनि फर्काइदाओ।

रोमी 12:17

यदि तिमीलाई कसैले चोट पुर्याँउछ भने तिमीले त्यसको बद्ला नलेऊ। सबै मानिसलाई राम्रो गर्ने प्रयास गर।

1 थिस्सलोनिकी 5:15

याद गर, कसैले गलत कामको बदला नलियोस। तर प्रत्येकले एक-अर्काको अनि प्रत्येकको भलाई गर्ने लक्ष्य बनाउनु पर्छ।

1 पत्रुस 2:23

मानिसहरुले ख्रीष्ट प्रति नराम्रा कुराहरु भने, तर उहाँले तिनीहरुलाई नराम्रो भन्नु भएन। ख्रीष्टले यातना भोग्नु भयो तर उहाँले मानिसहरुलाई भय देखाउनु भएन। अहँ! ख्रीष्टले आफूलाई परमेश्वरमा सुम्पनु भयो जसले सही न्याय गर्नुहुन्छ।

1 पत्रुस 3:9

मानिसहरुले तिमीहरुलाई नराम्रो गरे तिमीहरुले प्रतिशोधमा नराम्रो कर्म नगर। यदि कसैले तिमीहरुलाई अपमान गरे प्रतिशोधमा उसलाई कुबचन नभन। तर त्यस व्यक्तिलाई आशीर्वाद देऊ भनी परमेश्वरसित प्रार्थना गर, किनभने तिमीहरुलाई आशीर्वाद प्राप्त गर्न आह्वान गरिएको हो।

1 पत्रुस 4:19

यसर्थ, ती मानिसहरु जो परमेश्वरले चाहेको तरिकामा कष्ट भोग्छन् तिनीहरुले आफ्ना प्राणहरु उनलाई सुम्पिनु पर्छ। परमेश्वर एक हुनुहुन्छ जसले तिनीहरुलाई सृष्टि गर्नु भयो अनि तिनीहरुले उहाँ माथि विश्वास राख्न सक्छन्। यसर्थ तिनीहरुले धार्मिक कार्यहरु गरिरहनु पर्छ।

Interlinear

Choose Theme