Home Bibles हितोपदेश 18:3 · नेपाली बाइबल
हितोपदेश 18:3 · नेपाली बाइबल

जब दुष्टता आउँछ, तब घृणा पनि आउँछ, अनि अपमानसित बदनाम आउँछ।

Cross references

1 शमूएल 20:30

शाऊल जोनाथनसँग साह्रै क्रोधित भए। उसले जोनाथनलाई भने, “तँ दुष्ट आइमाईको छोरा होस, जसले भनेको मान्दैन। अनि त्यो तेरो स्वभाव पनि हो मलाई थाहा छ तैंले दाऊदको पक्ष लिएको छस्। तँ तेरो जन्म दिने आमा र तेरो आफ्नै लागि पनि लाज पार्छस्।

नहेम्याह 4:4

मैले भनें, “हाम्रा परमेश्वर! हामीलाई सुन्नु हुन्छ किनभने हामी तुच्छ भएका छौं। तिनीहरूको गिल्लाले तिनीहरू आफैंले कष्ट भोगुन्। तिनीहरूलाई बन्दी बनाउनु अनि लुटाउन सुम्पिदिनुहोस्।

भजनसंग्रह 69:9

तपाईंको मन्दिर तफर्को मेरो दरिलो जोशले मलाई ध्वंश पारिरहेछ। म ती मानिसहरूदेखि जसले तपाईंलाई खिसी गर्दछ उपहासको पात्र बनिरहेछु।

भजनसंग्रह 69:20

गालीले मलाई धूलो-पिठो पारेको छ! म गालीको कारणले मर्न लागेको छु म संवेदना पर्खिएको छु तर कसैबाट पाउन सकिन। म कतिपय मानिसहरूलाई सान्त्वनाको निम्ति पर्खीं बसे, तर कोही पनि आएन।

भजनसंग्रह 123:3

दाऊद परिवारका राजाहरूले त्यहाँ तिनीहरूको राज सिंहासन बनाए। तिनीहरूले मानिसहरूको न्याय गर्न राज सिंहासन त्यहाँ बनाए। यरूशलेममा शान्तिको निम्ति प्रार्थना गर। “जसले तपाईंलाई प्रेम गर्दछ उसले शान्ति पाओस्। तपाईंको पर्खालहरूभित्र शान्ति छाओस्। म आशा गर्दछु त्यहाँ तपाईंको भवनहरूको सुरक्षा हुनेछ।”

हितोपदेश 11:2

अपमान घमण्डसँग आँउछ, तर ज्ञान नम्रतासँगै आउँछ।

हितोपदेश 13:5

धर्मी मानिसहरूले झूटलाई घृणा गर्छन्। तर दुष्ट मानिसहरूले शर्मलाग्दो अनि बेइज्जतीपूर्ण व्यवहार गर्छन्।

हितोपदेश 22:10

यदि कुनै मानिसले अरूलाई खिसी गर्छ भने उसलाई त्यहाँबाट बल लगाएर निकाली देऊ। जब ऊ मानिस नै हट्छ झगडाहरू जान्छ र अनि लडाईं र अपमानहरू पनि सकिन्छ।

हितोपदेश 29:16

खराब मानिसले राष्ट्रलाई शासन गर्छन भने पाप र अपराध बढदो हुनेछ तर आखिरमा धर्मीले दुष्टहरूको पतन देख्नेछन् र त्यस पछि तिनीहरूले विजय प्राप्त गर्नेछन्।

मत्ती 27:39

आउने जाने मानिसहरूले येशूको निन्दा गर्थे तिनीहरूले टाउँको हल्लाउदै उहाँको निन्दा गर्थे र तिनीहरू यसो भन्थे।

1 पत्रुस 4:4

तिमीहरु त्यस्ता असभ्य वस्तुहरुमा भाग नलिँदा तिनीहरु आश्चर्य मानिरहेका छन्। येसैले तिनीहरु निन्दनीय कुरा गर्छन्।

1 पत्रुस 4:14

तिमीहरुले ख्रीष्टलाई अनुसरण गरेकोमा जब मानिसहरुले गाली गर्छन् तिमीहरु धन्य हुन्छौ किनभने महिमाको आत्मा, तिमीहरुसंग हुन्छ।

Interlinear

Choose Theme