Home Bibles हितोपदेश 17:27 · नेपाली बाइबल
हितोपदेश 17:27 · नेपाली बाइबल

एकजना ज्ञानी मानिस सजिलै रिसाउँदैन। ज्ञानी मानिसले होशियारसित शब्द प्रयोग गर्दै बात मार्छ।

Cross references

हितोपदेश 10:19

धेरै बोल्ने मानिसले प्रायः समस्या उबजाउँछ, तर चुपचाप रहने मानिस विवेकी हुन्छ।

हितोपदेश 14:29

धैर्यशील मानिसले धेरै विचार गरी काम गर्छ, तर जो मानिस चाँडै रिसको प्रकोपमा पर्छ उसले धेरै मूर्खतापूर्ण कामहरू गर्छ।

हितोपदेश 15:28

एउटा धर्मी मानिसले प्रत्येक शब्द तौलँदै भन्छ। तर दुष्ट मानिसहरूको मुखबाट दुष्ट कुराहरू निस्कन्छन्।

हितोपदेश 16:32

मानिस धैर्यवान् हुनु लडाकु योद्धा भन्दा पनि उत्तम हो, जसले आफ्नो क्रोधलाई नियन्त्रणमा राख्छ, त्यो नगर जित्ने मानिस भन्दा पनि राम्रो मानिस हो।

उपदेशक 9:17

ज्ञानीले शान्तसित बोलेका थोरै शब्द मूर्ख शासकले चिच्च्याएको शब्दभन्दा धेरै राम्रो।

याकूब 1:19

मेरा प्रिय भाइ-बहिनीहरू यसमा ध्यान देऊ “चाँडो सुन्ने, बिस्तार बोल्ने र ढिलो रिसाउने गर।

याकूब 3:2

हामी सबैले अनेकौ गल्तीहरू गर्छौं। यदि कसैले कहिल्यै पनि कुवचन बोलेनौं भने त्यो पक्का मानिस बन्नेछ। उ आफ्ना सम्पूर्ण सरिरलाई नियन्त्रणमा राख्न समर्थ हुनेछन्।

याकूब 3:18

मानिसहरू जो शान्तिको निम्ति शान्तिसांथ कार्य गर्छन् तिनीहरूले धार्मिकताको फसल बटुल्छन्।

Interlinear

Choose Theme