बुद्धिमानीको वचनले ज्ञान फैलाउँछन् तर मूर्ख हृदयले त्यस्तो काम गर्दैन।
Cross references
धर्मी मानिसले उत्तम सल्लाह दिंदछ। उसको निर्णय प्रत्येक मानिसको निम्ति निष्पक्ष हुन्छ।
तपाईं सबै भन्दा असल हुनुहुन्छ। तपाईं एकदम योग्य वक्ता हुनुहुन्छ। यसकारण परमेश्वरले सदा-सर्वदा तपाईंलाई आशिष दिऊन्!
म पापीहरूलाई तपाईंको चाहना अनुसार कसरी बाँच्नु भनेर सिकाउने छु अनि तिनीहरू फर्केर तपाईं कहाँ आउने छन्।
तपाईं कति असल हुनुहुन्छ भनेर म मानिसहरूलाई भन्नेछु। एकपल्ट मात्र होइन धेरै पल्ट तपाईंले मलाई बचाएको कुरो म तिनीहरूलाई भन्नेछु। ती समयहरूको गन्ती नै छैन।
म तिमीहरूलाई यो कथा भन्ने छु। म तिमीहरूलाई यो पुरानो कथा भन्ने छु।
म तपाईंको ज्ञानपूर्ण विधिहरूको बारेमा बताउने छु।
यी कुराहरूबाट तिमीलाई कुन असल अथवा खराब त्यो बोध भइरहनेछ र तिम्रो ओठमा ज्ञानका कुराहरू वास गरिरहन्छन्।
इमान्दार मानिसको मुखबाट निस्केका शब्दहरू निखुर चाँदी झैं बहूमूल्य हुन् तर नराम्रो मानिसका विचारहरूको मूल्य हुँदैन।
इमान्दार मानिसका वचनहरूले धेरै मानिसहरूलाई सहायता गर्छ, तर एउटा मूर्खको मूर्खयाँईंले उसलाई मार्छ।
बुद्धिमानको हृदयले आफ्नो बोलीमा नियन्त्रण ल्याउँछ, र उसको ओठले शिक्षा बढाउँछन्।
ज्ञानीको विचारले उसलाई ठिक बाटोमा हिंडाउँदछ। तर मूर्खको विचारले उसलाई गलत बाटोमा हिँडाउँछ।
उपदेशक खुबै ज्ञानी थिए। उनले मानिसहरूलाई शिक्षा दिन आफ्नो ज्ञानको प्रयोग गरे। उपदेशकले खुबै सावधानीसित अध्यायन गरे र धेरै शक्तिहरूलाई सम्पादन गरे।
मेरी दुलही! तिम्रो ओठबाट मह टप्किन्छ, दूध र मह तिम्रो जिब्रो मुनि छ, तिम्रा वस्त्रहरूबाट मिठो अत्तरको वासना आँउछ।
यी सबै कुराहरू म तिमीहरूलाई अन्धकारमा भन्छु तर तिमीहरूले यो कुरा उज्यालोमा भन्नु पर्छ। यी कुराहरू म तिमीहरूका कानमा कानेखुसी गर्नेछु तर तिमीहरूले यी सबै कुराहरू सबैलाई खुल्लम-खुल्ला भन्नुपर्दछ।
ए साँपहरू, तिमीहरू दुष्ट मतिका छौ। तिमीहरूबाट कसरी असल कुराहरू आउनसक्छ। हृदयमा जे कुरा थुपरीएको छ त्यही कुराहरू नै मुखले बोल्दछ।
येशूले तिनीहरूकहाँ आएर भन्नुभयो, “स्वर्ग र पृथ्विका सारा अधिकार मलाई दिइएको छ।
येशूले चेलाहरूलाई भन्नुभयो, “सारा संसारको हरेक स्थानमा जाऊ र प्रत्येकलाई सुसमाचार प्रचार गर।
राति पावलले दर्शन पाए। यो दर्शनमा प्रभुले तिनलाई भने, “नडराऊ! लगातार मानिसहरूसंग बोलिरहौ! नरोक!
तर मानिसहरूले प्रभुलाई पत्याउन भन्दा पहिले उहाँमा विश्वास गर्नुपर्छ? अनि विश्वास गर्न अघि, तिनीहरूले उहाँको बारेमा सुनन्नुपर्छ। तर उहाँको बारेमा सुन्नलाई कसैले उहाँ बारे तिनीहरूलाई प्रचार गर्नुपर्छ।
गैर-यहूदीहरूलाई परमेश्वरको आज्ञाकारी बनाउनमा वचन र कर्मद्वारा ख्रीष्टले मेरो मार्फत जे गर्नु भएको छ त्यसबारे मात्र बोल्ने आँट म गर्नेछु।
बात गर्दा चोट पर्ने शब्द नचलाऊ। मानिसलाई चाहिने कुरो मात्र गर जसले मानिसलाई बलियो बनाउछ। तब मात्र तिम्रा कुरा सुन्नेहरू लाभान्वित हुन्छन्।
मैले सिकाएको कुरा तिमीले सुनेका छौ। अरू धेरैले पनि ती कुरा सुनेकाछन्। तिमीलाई पत्यार लागेका मानिसहरूलाई ती कुराहरू सुम्पीदेऊ जसद्वारा तिनीहरूले पनि अरूलाई सिकाउन योग्य हुनेछ।
जिब्रो आगोको फिलुंगो जस्तै हो। हाम्रो शरीरका अंशहरू मध्ये यो दुष्टताको संसार हो। कसरी? जिब्रोले सारा शरीर नष्ट पार्छ। यसले हाम्रो सम्पूर्ण अस्तित्व नै ध्वंश पार्न सक्छ र नरकको आगोमा त्यो जल्छ।