Home Bibles हितोपदेश 14:27 · नेपाली बाइबल
हितोपदेश 14:27 · नेपाली बाइबल

परमप्रभुको सत्कार गर्नु जीवनको मूल हो, यसले मानिसलाई मृत्युको पासोहरूबाट टाढा राख्छ।

Cross references

भजनसंग्रह 18:5

चिहानको डोरीले मलाई चारैतिर घेरि राखेको थियो, मृत्युको पासो मेरो सम्मुख थियो।

हितोपदेश 2:10

बुद्धि तिम्रो हृदयमा पस्नेछ अनि ज्ञान पाएर तिमीहरूको आत्मा सुखी हुनेछ।

हितोपदेश 13:14

बुद्धिमानी मानिसको शिक्षा जीवनको मूल हो, यसले मानिसहरूलाई मृत्युको पासोबाट फर्काउँछ।

हितोपदेश 19:23

परमप्रभु प्रतिको डरले जीवन दिन्छ र व्याक्तिका आवश्यकताहरू पूरा हुन्छन अनि दुःखले उसलाई छुन सक्दैन।

हितोपदेश 22:5

दुष्ट मानिस नाना थरीका फंदामा पर्छ, तर आफ्नो आत्माको पर्वाह गर्ने मानिस यस्तो कष्ट देखि टाडो बस्छ।

उपदेशक 7:26

मैले यो पनि देखे कि कतिपय स्त्रीहरू धराप जस्तै खतरनाक हुन्छन्। तिनका हृदय जाल जस्ता र तिनका पाखुरा साङ्गला जस्ता हुन्छन्। त्यस्ता स्त्रीहरूका फन्दामा पर्नुभन्दा मर्नु निको। परमेश्वरका अनुयायी त्यस्ता स्त्रीहरूदेखि भाग्छन्। तर पापी तिनको फन्दामा पर्छ।

यशैया 33:6

यरूशलेम तिमी सम्पन्न छौ। तिनी ईश्वरी ज्ञान र बुद्धिले सम्पन्न छौ। तिमीहरू मुक्तिले समृद्ध छौ। तिमीहरू परमप्रभुको आदर गर्छौ, अनि त्यसैले तिमीहरू समृद्ध छौ। यसर्थ तिमीहरू जान्न सक्छौ तिमीलाई यस्तै भइरहनेछ।

प्रकाश 21:6

उहाँ जो सिंहासनमा हुनुहुनथ्यो उहाँले मलाई भन्नुभयो, “अब सिद्धियो। म नै अल्फा अनि ओमेगा, आदि अनि अन्त हुँ। म कुनै पनि मानिस जो तिर्खाएको छ उसलाई जीवनका पानीको फुहराबाट सित्तैमा दिनेछु।

Interlinear

Choose Theme