Home Bibles हितोपदेश 13:7 · नेपाली बाइबल
हितोपदेश 13:7 · नेपाली बाइबल

यस्ता मानिसहरू छन् जो धनी छौ भनी बहाना गर्छ, तर उनीहरूसँग केही पनि हुँदैन, अनि यस्ता मानिसहरू छन् जो गरिब भएको वहान गर्छन् तर उनीहरूसँग धेरै सम्पत्ति हुन्छ।

Cross references

हितोपदेश 11:24

त्यहाँ एकजना मानिस छ जसले उदारहातले दिन्छ तर उसले धेरै पाउँदै जान्छ अनि त्यहाँ अर्को मानिस छ जसले दिन पर्ने चीज दिन अस्वीकार गर्छ तर ऊसँग सामान कम्ति कम्ति हुँदै जान्छ।

हितोपदेश 12:9

प्रतिष्ठित व्याक्ति हुँ भनी बहना गर्नु तर प्रचुर मात्रमा खाना नहुनु भन्दा एउटा साधरण व्याक्ति भएर आफैंलाई आफ्नो सेवक बनाउँनु असल हो।

हितोपदेश 13:11

यदि कसैले पैसा ठग्छ भने उसको पैसा चाँडै शेष हुन्छ, तर जसले आफ्नो परिश्रमले एक-एक पैसा गर्दै कमाउँछ उसको धन बढेर जान्छ।

उपदेशक 11:1

विभिन्न धन्दाहरूका कुराहरूमा पैसा लगाओ बिस्तारै त्यसले फाइदाल्याउँछ।

लूका 12:21

यसर्थ जसले आफ्नो निम्ति मात्र धन सम्पत्ती थुपार्छ त्यसले त्यो मानिसलाई के हुन्छ र परमेश्वरको अघि यस्ता मानिसहरु धनि होइनन्।”

लूका 12:33

आफ्नोमा भएका सबै सम्पत्ति बेचेर जसलाई चाहिन्छ तिनीहरूलाई पैसा देऊ। धन त यो संसारमा स्थायी रहँदैन। तर स्वर्गको भण्डार हासिल । त्यो भन्डार सँधैका लागी रहन्छ। स्वर्गमा तिम्रो भण्डार चोरहरुले चोर्न सक्तैन, न त किराहरुले नै नष्ट पार्न सक्छ।

लूका 18:11

फरिसी कर उठाउनेदेखि केही टाडा उभियो। जब त्यो फरिसीले प्रार्थना शुरू गर्यो, त्यसेल भन्यो, हे परमेश्वर, तपाईंलाई धन्यवाद दिन्छु किनभने म अरू जस्तो नराम्रो मानिस होइन। म चोरी, ठग र व्यभिचारी पापहरू र्गदिन। म तपाईंलाई धन्यवाद चढाउँछु कारण म यो महसूल उठाउने जस्तो नराम्रो होइन।

1 कोरिन्थी 4:8

तिमीहरू संझन्छौ तिमीहरूलाई जे चाहिन्छ तिमीहरू सम्पन्न छौ अनि हामी बिनै तिमीहरू राजा भएका छौ। म आशा गर्छु तिमीहरू साँच्चै राजाहरू हुन्थ्यौ।

1 कोरिन्थी 4:10

ख्रीष्टका निम्ति हामी मूर्ख हौं। तर तिमीहरू चाँहि संझन्छौ तिमीहरू ख्रीष्टका निम्ति खुबै बुद्धिमानी छौ। हामी कमजोर छौं, तर तिमीहरू संझन्छौ तिमीहरू बलिया छौ। मानिसहरू तिमीहरूलाई आदर गर्छन्, तर हामीलाई अनादर गर्छन।

2 कोरिन्थी 4:7

परमेश्वरले हामीलाई यो धन दिनुभयो। तर हामी यस्तो धन राख्न माटाका भाँडाहरू जस्ता मात्र छौं। यसले बझाँउछ कि यो महान शक्ति परमेश्वरबाट हो, हामीबाट होइन।

2 कोरिन्थी 6:10

हामी धेरै दुःखी छौं, तर हामी खुशी मनाइरहेकै छौं। हामी गरीब हौं, तर हामीले धेरै मानिसहरूलाई धनी बनाइरहेका छौं। हामीसित केही छैन, तर पनि वास्तवमा हामीसित प्रत्येक चीज छ।

याकूब 2:5

सुन मेरा प्यारा भाइ अनि बहिनीहरू, अनि यसपछि के परमेश्वरले गरीबहरूलाई विश्वासमा धनी हुन चुन्नु भएको छैन? तिनीहरूको निम्ति जसले उहाँलाई प्रेम गर्छन, परमेश्वरले ती मानिसहरूलाई उहाँले प्रतिज्ञा गर्नु भएको राज्य प्राप्त गर्न चुन्नु भयो।

2 पत्रुस 2:19

ती झूटा शिक्षकहरु स्वतंत्रता प्राप्रिको बचन दिन्छन्। तर ती झूटा शिक्षकहरु स्वयं स्वतन्त्र छैनन्। तिनीहरु ती ध्वंशात्मक कुराहरुका दास हुन्। एक मानिस त्यस वस्तुको दास बन्दछ जसले उसलाई अधिकारमा राख्छ।

प्रकाश 2:9

मलाई तिमीहरुको कष्ट थाहा छ। अनि मलाई थाहा छ कि तिमीहरु निर्धन छौ। तर वास्तवमा तिमीहरु धनवान् छौ। कोही मानिसहरुले तिमीहरुको विरोधमा भनेको नराम्रा कुराहरु मलाई थाहा छ। तितीहरू दावी गर्छन् कि तिनीहरू यहूदीहरू हुन्। तर तिनीहरु साँचो यहूदीहरु होइनन्। तिनीहरु शैतानको सभा-घर हुन्।

प्रकाश 3:17

तिमीहरु दावी गर्छों तिमीहरु धनवान छौ। तिमीहरु सोच्छौ तिमीहरु सम्पत्तिवान भयौ अनि केही कुरा चाहिंदैन। तर तिमीहरु जान्दैनौ कि तिमीहरु वास्तवमा भयानक, दयनीय, गरीब, अन्धा अनि नग्न छौ।

Interlinear

Choose Theme