Home Bibles हितोपदेश 12:28 · नेपाली बाइबल
हितोपदेश 12:28 · नेपाली बाइबल

धार्मीकताको मार्गले जीवनमा डोर्याउँछ। तर अधर्मीको मार्गले मृत्युमा डोर्याउँछ।

Cross references

व्यवस्था 30:15

“आज मैले तिमीहरूलाई राम्रो र नराम्रो अनि जीवन र मृत्यु रोज्न दिएको छु।

व्यवस्था 30:19

“आज मैले तिमीहरूलाई स्वर्ग र पृथ्वीलाई साक्षी राखेर दुइवटा ढुङ्गाहरूबाट एउटा रोज्नु लाउँदैछु। जीवन अथवा मृत्यु रोज्न सएछौ। पहिलो रोजाइ आशीर्वाद ल्याउँछ, अनि अरू रोजाई सराप यसकारण जीवनलाई रोज। तब तिमी अनि तिमीहरूको नानीहरू बाच्ने छन्।

हितोपदेश 8:35

किनभने जसले मलाई पाउँछ, उसले जीवन पाँउछ। अनि उसैले परमेश्वरबाट अनुग्रह पाउँछ।

हितोपदेश 9:11

किनभने तिम्रो आयु बढने, दिन समय बढनु र तिम्रो जीवनमा र्बषको र्बष बढेर जानु मबाट नै हुन्छ।

हितोपदेश 10:2

खराब काम गरी कमाएको धन सदाको लागि व्यर्थ हुन्छ इमान्दारीताले मानिसहरूलाई मृत्युबाट बचाउँछ।

हितोपदेश 10:16

एकजना इमान्दार मानिसले जे कमाउँछ, त्यसले जीवन प्रदान गर्छ, तर दुष्ट मानिसको कमाईहरू पापको निम्ति प्रयोग हुन्छ।

हितोपदेश 11:19

साँचो धार्मिक मानिसले जीवन ल्याउँछ, तर दुष्ट मानिसहरू दुष्टताको पछि लाग्छन अनि मर्छन्।

इजकिएल 18:9

उ मेरो विधिहरूको पालन गर्छ। उसले मेरो निर्णयहरू सम्झन्छ अनि राम्रो एवं विश्वासनीय हुन सिक्छ। किनकि उ राम्रो मानिस हो, यसकारण उ जीवित रहन्छ।

इजकिएल 18:20

जुन मानिसले पाप गर्छ, त्यही मानिस मारिन्छ। एउटा छोरो आफ्नो बाबुको पापले दण्डित हुँदैन। अनि अर्को बाबु आफ्नो छोरोको पापको लागि दण्ड पाउँदैन। एउटा धर्मी मानिसको धार्मिकता केवल उसको निजी हुन्छ अनि नराम्रो गरेको फल पनि उसकै मात्र हुन्छ।

रोमी 5:21

जसरी मृत्युले पापद्वारा शासन गरयो उसरी नै परमेश्वरको अनुग्रहले मानिसलाई धार्मिक बनाउन शासन गर्नेछ। यसले हाम्रा प्रभु येशू ख्रीष्टद्वारा अनन्त जीवन ल्याउने छ।

रोमी 6:22

तर अब तिमीहरू पापबाट मुक्त छौ। अब तिमीहरू परमेश्वरका दास हौ। अनि यसले तिमीहरूलाई यस्तो जीवन ल्याउँछ जुन परमेश्वरको निम्ति मात्र हुन्छ। अनि त्यहाँबाट तिमीहरूले अनन्त जीवन प्राप्त गर्नेछौ।

तीतस 2:11

हामी यसरी जिउनु पर्छ किन कि परमेश्वरको अनुग्रह हामीकहाँ पुगेकोछ। त्यो दयाले हरेकलाई बचाउनु सक्छ। अनि त्यो दया हामीलाई दिइएकोछ।

1 यूहन्ना 2:29

तिमीहरुलाई थाहा छ कि ख्रीष्ट धार्मिक हुनुहुन्छ। यसर्थ तिमीहरु जान्दछौ कि यदि सबै मानिसहरु जे धर्म हो त्यसलाई अनुसरण गर्छन, भने तिनीहरु परमेश्वरका बालकहरु हुन्।

1 यूहन्ना 3:7

प्यारा बालकहरु, कुनै व्यक्तिलाई पनि तिमीहरुलाई छल्न नपाओस। ख्रीष्ट र्धमिक हुनुहुन्छ ख्रीष्ट जस्तो बन्नका निम्ति एक व्यक्तिले जो सही छ त्यो अनुसरण गर्नुपर्छ।

3 यूहन्ना 1:11

मेरा प्रिय मित्रहरु! जे नराम्रो छ त्यसको अनुसरण नगर, जे राम्रो छ त्यसको अनुकरण गर। मानिस जसले जे राम्रो छ त्यो गर्छ भने उ परमेश्वरबाट आएको मानिस हो। तर कुनै एक जसले नराम्रो काम गर्छ त्यसले कहिल्यै पनि परमेश्वरलाई देखेको हुँदैन।

Interlinear

Choose Theme