Home Bibles ☰ Books हितोपदेश 11:22 · नेपाली बाइबल
हितोपदेश 11:22 · नेपाली बाइबल

एउटी सुन्दरी तर मूर्ख आइमाई, सुँगुरको नाकमा शुद्ध सुनको बुलाकी जस्ती हो।

Cross references

उत्पत्ति 24:47

त्यसपछि मैले उनलाई सोधें, ‘तिम्रा बाबु को हुन्?’ तिनले भनिन्, ‘मेरा बाबु बतूएल हुन्, मिल्का र नाहोरका छोरा।’ तब मैले उनलाई नत्थी र पाखुरामा लाउने बालाहरू दिएँ।

हितोपदेश 7:10

त्यसै समयमा कुनै एउटी स्त्री उसलाई भेट्न आई। उसले एउटा वेश्याले झैं लुगा लगएकी थिइ र ऊ एकदमै धूर्त थिई।

हितोपदेश 9:13

मूर्खता यस्तो आइमाई हो जसले खुब कुरा गर्छे तर ऊ मूर्ख हो, र केही पनि जान्दिनँ।

हितोपदेश 12:4

एक योग्य पत्नी आफ्नो पतिको निम्ति शिरको मुकुट हो, तर पति माथि अपमान ल्याउने गृहिणी लोग्नेको शरीरमा मककाउँदै गरेका हड्डीहरू जस्तै हो।

हितोपदेश 31:30

आकर्षण र सौन्दर्य क्षणिक वस्तुहरू मात्र हुन्, तर जो स्त्रीले परमप्रभुको डर मान्छे उसको प्रशंसा गर्नु पर्छ।

इजकिएल 16:15

परमेश्वरले भन्नुभयो, “तर तिमीले आफ्नो सौन्दर्यतामा भरोसा गर्न आरम्भ गर्यौं। तिमीले आफ्नो यशको उपयोग गर्यौं अनि तिमीले मलाई धोका दियौ। तिमीले एउटा वेश्याले जस्तो व्यवहार गर्यौं अनि तिमीले त्यस्तो प्रत्येकसित गर्यौ जो तिम्रो छेउमा आयो। तिमीले तिनीहरू सबैलाई आफ्नो शरीर अर्पित गर्यौं।

नहूम 3:4

यी सबै निनवेको कारणले भएको हो। निनवे वेश्या जस्तै छे जो कहिल्यै पनि तृप्तिहुँदिन। त्यसलाई अझै धेरै-धेरै चाहिन्छ। उसले अझै धेरै देशमा आफुलाई बेच्यो अनि त्यसले उसलाई आफ्नो दास बनाउँन टुना-मुना गर्यो।

1 पत्रुस 3:3

तिमीहरुको सुन्दरता बाहिरी गहनाहरुबाट जस्तै चुल्ठो बाटेर, सुनको गहना पहिरेर अथवा बहुमूल्य लुगा लगाएर, आउनु हुँदैन।

2 पत्रुस 2:22

तिनीहरुलाई जे भयो त्यसले यो उखानलाई सिद्ध गर्छ “जब एउटा कुकुरले बान्ता गर्छ त्यो आफूले बान्ता गरेको तिर फर्की आउँछ।”अनि “सुंगुरलाई नुहाइदिए पछि त्यो फेरि हिलोमा लडी-बडी गर्न र्फकन्छ।”

Interlinear

Choose Theme