दाज्यु-भाइ, दिदी-बहिनीहरू म जान्दछु, म अझै त्यस लक्ष्यमा पुगेको छैन। तर एउटा कुरा जुन म सँधै गर्छु, त्यो होः म बितेको कुरा भुलिदिन्छु अनि आफ्नो अघिल्तिरकै लक्ष्यमा पुग्न म सक्दो कोशिश गर्छु।
Cross references
परमप्रभुबाट म एउटै मात्र कुरा जान्न चाहन्छुः “जीवनभर म उहाँको मन्दिरमा बस्न सकूँ, परमपरभुले दिने खुशी अनुभव गर्नुसकूँ अनि मन्दिरमा परिदर्शन गर्नु सकूँ।”
हे मेरी स्त्री, मेरा कुरा सुन। ध्यानदिएर सुन अनि तिमीले बुझ्ने छौ। आफ्ना मानिसहरू र आफ्ना पिताका परिवारलाई बिर्स।
येशूले भन्नुभयो, “यदि कुनै मानिसले हलोमा हात लगाएर पछिल्तिर हेर्छ भने, त्यो परमेश्वरको राज्यको लायक हुने छैन।”
एउटा कुरा चाँहि महत्वपूर्ण हुन्छ। मरियमले आफ्नो लागि कुन असल हो त्यो छानेकी छे अनि त्यो ऊबाट कहिल्यै खोसिनेछैन्।”
अब यस भेकमा मैले आफ्ना कामहरू शेष पारें अनि धेरै र्वषदेखि म तिमीहरू कहाँ आउन चिन्तित थिएँ।
तिमीहरू सबैले जान्दछौ, दौडमा धेरै जना दुगुर्छन् तर पुरस्कार चाँहि खाली एकजनाले पाउँछ। यसर्थ त्यसरी दुगुर ताकि तिमीले पुरस्कार जित्न सक।
अब उसो संसारले मानिसहरूलाई जस्तो सम्झन्छ त्यस्तो हामी मानिसहरूलाई संझने छैनौं। साँचो हो, हामीले पनि पहिले ख्रीष्टलाई संसारले संझे जस्तै संझन्थ्यौं तर अब हामी त्यसरी संझदैनौं।
तिनीहरूले मलाई कष्टमा पारे तापनि म पर्वाह र्गदिनँ। तिनीहरूले पनि मानिसहरूलाई ख्रीष्टबारे सुनाउँदैछन्, त्यही महत्वपूर्ण कुरा हो। म चाहन्छु तिमीहरूले प्रचार नै गरून्। म चाहन्छु कि तिनीहरूले राम्रो उदेश्यले यसो गरून। यदि यो खराब भावनाले भएता पनि म खुशी नै छु कारण तिनीहरूले ख्रीष्ट विषयमा नै प्रचार गर्छन्। अनि म खुशी नै भइरहन्छु।
मेरा प्रिय साथीहरू! तिमीहरूले सँधै भनेको कुरा मानेकाछौ। जब म तिमीहरूसित थिएँ, तिमीहरू परमेश्वरको आज्ञाकारी थियौ। यो अझ धेरै महत्वपूर्ण कुरो छ कि अहिले मेरो अनुपस्थितिमा पनि तिमीहरूले परमेश्वरको आज्ञा मान्छौ। मेरो सहायता बिनै पनि तिमीहरूले आफ्नो मुक्तिकोलागि कोशिश गर। परमेश्वरको डर र आदर गरेर यसो गर।
त्यति मात्र होइन, म सम्झन्छु, मेरा प्रभु येशू ख्रीष्टको महानतालाई बुझ्नेको तुलनामा प्रत्येक कुरो नगन्य रहेछ। ख्रीष्ट भेट्टाउँ भनी मैले नै प्रत्येक कुरो छोडिदिएँ अनि अहिले ती सबे वेकार ठान्छु।
परमेश्वरले मलाई चाहे जस्तै म भइसकेको छु भन्ने मेरो भनाई होइन। म त्यस लक्ष्यमा पुग्न सकेको छैन। तर त्यहाँ पुग्नु र लक्ष्य हासिल गर्न म निरन्तर चेष्टा चलाई रहेकोछु। ख्रीष्टले पनि त्यही चहानु हुन्छ र मलाई उहाँको आफ्नु बनाउनु भयो।
म यी कुराहरू गर्दैछु, तर मैले भन्नुको अर्थ यो होइन कि मलाई केही कुराको आवश्यक छ। मैले त आफूसित जो छ त्यसैमा सन्तोष गर्न प्रशिक्षण लिएको छु।
यसकारण अब हामीले ख्रीष्ट बारेको प्रारंभिक पाठहरू छोडनु पर्छ र पूर्णता तिर जानुपर्छ। हामी शुरू तिरै र्फकनु हुँदैन। मृत कर्महरूलाई पछि नै छोडेर अनि परमेश्वरमा विश्वास गरेर हामीले ख्रीष्टमा हाम्रो जीवन शुरू गरेका थियौ।
हाम्रा वरिपरि विश्वासी मानिसहरू धेरै छन्। तिनीहरूका जीवनीले विश्वास के हो त्यो हामीलाई सिकाउँछ। यसर्थ, हामी तिनीहरू जस्तै हुनुपर्छ। हामीले पनि आफ्नो दौड नरोकिई दगुर्नु पर्छ। यदि दौडमा केही बाधा आउछ भने त्यसलाई फ्याँकनु पर्छ। अनि हामीलाई सजिलै फँसाउने पापलाई पनि हटाउनु पर्छ।
यो एउटा कुरा नबिर्स, प्रिय मित्रहरु प्रभुका निम्ति एक दिन हजार र्वष जस्तै अनि हजार र्वष एकदिन जस्तै हो।