Home Bibles फिलिप्पी 2:14 · नेपाली बाइबल
फिलिप्पी 2:14 · नेपाली बाइबल

कुनै गनगन वा बहस नगरी सबै काम गर।

Cross references

प्रस्थान 16:7

तिमीहरूले परमप्रभुलाई गुनासो पोख्यौ अनि उहाँले त्यो गुनासो सुन्नु भयो। यसकारण भोलि बिहान तिमीहरूले उहाँको महिमा थाह पाउनेछौ। तिमीहरू हामीहरूसंग गन-गन गरिरहन्छौ र हुन सक्छ अब हामीले केही आराम पाउँने छौं।”

गन्ती 14:27

“मेरो विरूद्धमा यी दुष्ट मानिसहरूले कहिले सम्म नालिश गरिरहने। इस्राएलका मानिसहरूले मेरो विरूद्धमा लगाएको नालिश मैले सुनेको छु।

भजनसंग्रह 106:25

हाम्रा पिता-पुर्खाहरूले परमेश्वरका वचन पालन गर्न अस्वीकार गरे!

हितोपदेश 13:10

घमण्डले झगडा मात्र बढाउँछ, तर जो मानिस नम्रतापूर्वक अरूको उपदेश सुन्छ त्यो ज्ञानी हुन्छ।

हितोपदेश 15:17

घृणाले भरिएको ठाउँमा धेरै खानु भन्दा, प्रेमले भरिएको ठाउँमा अलिकति खानु उत्तम हो।

मत्ती 20:11

जब तिनीहरूले एउटा मात्र चाँदीको सिक्का पाए तिनीहरूले मालिकसित गनगन गरे।

मर्कूस 9:33

येशू र आफ्ना चेलाहरू कफर्नहुम जानूभयो। जब उनीहरू एउटा घरमा थिए। उहाँले आफ्ना चेलाहरूलाई सोध्नुभयो, “यात्रा गर्दै गर्दा तिमीहरूले के बहस गर्दैं थियौ?”

मर्कूस 14:5

त्यो अत्तर र्वषभरिको कमाई हो। यसलाई बेच्न सकिन्थ्यो अनि पैसा गरीबलाई दिन सकिन्थ्यो।” अनि तिनीहरूले त्यस स्त्रीको कडा आलोचना गरे।

प्रेरित 6:1

धरै भन्दा धेरै मानिसहरू येशूका चेला हुन थाले। तर त्यही अवधिमा, ग्रीक-भाषी चेलाहरूले यहूदी भाषी चेलाहरूको विरुद्ध नालिस गरे। तिनीहरूले दावी गरे कि तिनीहरूका विधवाहरूले दैनिक वितरणमा ठीक भाग पाइरहेका छैनन्।

प्रेरित 15:2

पावल र बर्णाबास यस्तो शिक्षाको घोर विरोधी थिए अनि तिनीहरूले यस विषयमा ती मानिसहरूसंग बहश गरे। तब मणडलीले पावल, बर्णाबास र अन्य मानिसहरूलाई यरूशलेम पठाउने निर्णय लिए। ती मानिसहरू त्यस विषयमा प्रेतिहरू र अग्रजहरूसँग अझ बहश गर्न गए।

प्रेरित 15:7

यस विशयमा त्यहाँ लामो र्तक सभा बस्यो। पत्रुस उभिए अनि भने, “मेरा दाज्यु भाइहरू! प्रारम्भिक दिनहरूमा के भयो तपाईंहरू राम्रोसंग जान्नु हुन्छ। परमेश्वरले तपाईहरू माझबाट नै उहाँको सुसमाचारको संदेश गैर-यहूदीहरूलाई प्रचार गर्नलाई मलाई छान्नु भयो। तिनीहरूले मबाट सुसमाचार सुने अनि विश्वास गरे।

प्रेरित 15:39

पावल र बर्णाबास माझमा यस विषयमा गहन चर्चा भयो। तिनीहरू छुट्टीए अनि भिन्दा भिन्दै बाटो लागे। बर्णाबास मर्कूसलाई लिएर समूद्र यात्रा गर्दै साइप्रसतिर लागे।

रोमी 12:18

सबैसँग शान्तिसित बस्ने चेष्टा गर।

रोमी 14:1

कमजोर विश्वास भएका आफ्नो समूहका सदस्यहरूलाई अप्नाउन अस्वीकार नगर। अनि तिनीहरूको विचारमाथि तिनीहरूसित र्तक नगर।

रोमी 16:17

दाज्यू-भाइहरू र दिदी-बहिनीहरू, परस्परमा फूट ल्याउनेहरूसँग होशियार बस। अरूहरूको विश्वासमा बाधा ल्याउनेहरूसँग पनि होशियार बस। तिमीहरूले पाएको शिक्षाको उल्टो तिनीहरूले सिकाउँछन्। ती मानिसहरूबाट अलग बस।

1 कोरिन्थी 1:10

हाम्रा प्रभु येशू ख्रीष्टको नाउँमा म विनयपूर्वक भन्दछु, दाज्यू भाइहरू र दिदी-बहिनीहरू हो, तिमीहरू आपसमा मिलेर बस जसले गर्दा तिमीहरूको बीचमा फाटो नआवोस्। एउटै विचार र एउटै उद्देश्य लिएर तिमीहरू एक भई बस भन्ने मेरो विन्ती छ।

1 कोरिन्थी 3:3

तिमीहरू अझै पनि आत्मिक मानिस बनेका छैनौ। आपस्तमा तिमीहरूको इर्ष्या र झगडा छँदैछ। यसले बुझाउँछ तिमीहरू आत्मिक होइनौ। संसारका मानिसहरूको जस्तै तिमीहरूको व्यवहार छ।

1 कोरिन्थी 10:10

अनि तिनीहरू मध्ये कतिले गरे जस्तो गन्‌गन् पनि नगर अनि तिनीहरू संहारकर्ता स्वर्गदूतद्वारा मारिए।

2 कोरिन्थी 12:20

म यसो गर्छु किन कि मलाई डर छ, म तिमीहरूकहाँ आउँदा म जस्तो चाहन्छु त्यस्तो नपाउँला। मलाई डर छ कि तिमीहरू माझ र्तक, डाह, रिस, झगडा, ठूल्ठूला कुराहरू, दुष्ट कुरा, घमण्ड र गडबडी होला

गलाती 5:15

तर आपसमा पिटापिट र च्याताच्यात गर्यो भने, अन्तमा तिमीहरू आपसमै नाश हुने छौ।

गलाती 5:26

हामीले अर्कालाई रीस उठाउनु हुँदैन। र हामीले एक-अर्कोको डाह गर्नु हुँदैन।

एफिसी 4:31

तितोपना, रिस र आवेग त्याग कहिल्यै रिसमा नचिच्याउ र अर्काको निन्दा नगर। कुनै प्रकारको कुकर्म कहिल्यै नगर।

फिलिप्पी 2:3

जब केही कुरो गर्छौ, स्वार्थ वा मूर्खताको गर्वमा नगर। नम्र होऊ र आफूलाई भन्दा अरू अझ सम्मान योग्य भएको मान।

1 थिस्सलोनिकी 5:13

हामी निवेदन गर्छौं कि तिनीहरूले गरेको कामको सम्मानको निम्ति सम्मानको विशेष प्रेम दर्शाऊ।परस्परमा शान्तिपूर्वक बस।

1 थिस्सलोनिकी 5:15

याद गर, कसैले गलत कामको बदला नलियोस। तर प्रत्येकले एक-अर्काको अनि प्रत्येकको भलाई गर्ने लक्ष्य बनाउनु पर्छ।

1 तिमोथी 6:3

कोही मानिसहरूले झूटो कुराहरू सिकाउँछन्। यी कुराहरू हाम्रा प्रभु येशू ख्रीष्टका सत्य शिक्षा अनि परमेश्वरको सेवाको सत्य मार्गसित मेल खाँदैन।

हिब्रू 12:14

सबैसित शान्तिपूर्वक बस्ने कोशिश गर अनि पापदेखि मुक्त जीवन बिताऊ। यदि कसैको जीवन पवित्र छैन भने उसले प्रभुलाई देख्नेछैन।

याकूब 1:20

एकजना क्रोधित मानिस परमेश्वरले चाहे जस्तो धार्मिक भई बाँच्न सक्तैन।

याकूब 3:14

यदि तिमीहरू स्वार्थी छौ अनि तिम्रो ह्रदय ईर्ष्या पूर्ण छ भने तिमीले तिम्रो ज्ञान बारेमा गर्व गर्ने केही कारण नै छैन। तिम्रो गर्व गराई झूटो सिवाय केही पनि होइन।

याकूब 5:9

दाज्यू-भाइ अनि दिदी-बहिनीहरू, एक अर्काको विरूद्ध नगनगनाऊ। यदि तिमीहरूले अरूको विरूद्धमा नालिस गर्न छाच्डेनौ भने तिमीहरू दोषी जाँचिने छौ. अनि न्यायधीश आउनुलाई तयार हुनुहुन्छ।

1 पत्रुस 3:11

त्यस व्यक्तिले कुकर्म गर्नु छाडनुपर्छ अनि असल कार्य गर्नुपर्छ, त्यस व्यक्तिले शान्ति खोज्नु पर्छ अनि त्यसलाई प्राप्त गर्ने प्रयत्न गर्नुपर्छ।

1 पत्रुस 4:9

विना विरोध एक अर्कामा अतिथि सत्कार गर।

यहूदा 1:16

यी मानिसहरु सदैव विरोध जनाउँछन् अनि अरुको त्रुटि खोज्छन्। तिनीहरुले सदैव तिनीहरुले गर्न चाहेका कुकर्महरु गर्छन्। तिनीहरु आफ्नै गर्व गर्छन्। तिनीहरुले अन्य मानिसहरुको विषयमा राम्रो कुरा भन्नुको एउटा कारण तिनीहरु जे चाहन्छन् त्यो प्राप्त गर्नु हो।

Interlinear

Choose Theme