तिमीहरूले मेरो लागि प्रार्थना गर्दैछौ, अनि येशू ख्रीष्टको आत्माले मलाई सहायता गर्छ। यसैले म जान्दछु कि यो सम्पूर्ण कुरोले मेरो मुक्ति ल्याउँछ।
Cross references
पावल र तिमोथी माइसिया देश तिर लागे। तिनीहरू बिथनिया देश जान जाहन्थे। तर येशूको आत्माले त्यातातिर जाने अनुमति दिनु भएन।
तिम्रो लागि, यदि परमेश्वरको आत्मा तिमीमा बस्छ। तिमी आफ्ना पापपूर्ण स्वभावबाट नियन्त्रित छैनौ, तर आत्माबाट छौ। तर यदि कसैमा ख्रीष्टको आत्मा छैन भने उ ख्रीष्टसित हुँदैन।
हामी जान्दछौं कि परमेश्वरले प्रत्येक कुरामा तिनीहरूको भलाईको लागि गर्नुहुन्छ जसले उहाँलाई प्रेम गर्दछ। ती मानिसहरू हुन् जसलाई परमेश्वरले बोलाउनु भयो किनभने त्यो उहाँकै योजना थियो।
यसकारण म तिमोथीलाई तिमी भएकोमा पठाउँदैछु। परमप्रभुमा उनी मेरा पुत्र हुन्। म तिमोथीलाई माया गर्छु, उनी विश्वासनीय छन्। म ख्रीष्ट येशूमा कुन प्रकारले रहेकोछु त्यो उनले तिमीहरूलाई संझाउनेछन्। यही जीवन मार्ग म सबै ठाउँहरूका मण्डलीहरूलाई सिकाँउछु।
अनि तिमीहरूले आफ्ना प्रार्थनाद्वारा हामीलाई सहायता गर्न सक्नेछौ। घेरै मानिसहरूले हाम्रो निम्ति परमेश्वरलाई धन्यवाद दिनेछन् किनभने तिनीहरूको प्रशस्त प्रार्थनाले गर्दा परमेश्वरले हामीलाई आशीर्वाद दिनु भयो।
तिमीहरू परमेश्वरका छोरा-छोरीहरू हौ। त्यसैकारण परमेश्वरले आफ्ना पुत्रको आत्मा तिमीहरूको हृदयमा हाली दिनु भयो त्यही आत्मा ले पुकार्छ, “बाबा, पिता।”
सँधै पवित्र आत्मामा प्रार्थना गर। सब किसिमका प्रार्थनाहरू सहित प्रार्थना गर अनि आफुलाई चाहिएको हर थोक माग। यसो गर्नु तिमी सदा तयार बस। प्रार्थना गर्नु कहिल्यै नछौड। सँधै परमेश्वरका सबै मानिसहरूका लागि प्रार्थना गर।
यी दुख-कष्टहरु किन हुन्छन्? तिमीहरुको विश्वास शुद्ध छ भनी प्रमाण गर्नु। विश्वासको शुद्धतामा सुन भन्दा अधिक मूल्य छ। सुनको शुद्धता अग्निद्वारा प्रमाणित गर्न सकिन्छ, तर सुन नष्ट हुन्छ। जब येशू ख्रीष्ट आउँछन् विश्वासको शुद्धताले तिमीहरुमा प्रशंसा, महिमा अनि सम्मान ल्याउनेछ।
ख्रीष्टको आत्मा ती अगमवक्ताहरुमा थियो। अनि आत्माले ती दुखा-कष्टहरुको बारेमा, जो ख्रीष्टहरुको बारेमा, जो ख्रीष्टमाथि घट्ने थियो अनि त्यो महिमा जो ती दुख कष्टहरु पछि आउनेछन्, भनिरहेथ्यो। ती अगमवक्ताहरुले तिनीहरुलाई त्यो आत्माले के देखाइ रहेछन्, त्यसबारे जान्ने कोशिश गरे। ती कुराहरु कहिले घट्नेछन् अनि त्यसबेला संसारको अवस्था कस्तो हुनेछ, तिनीहरुले यो जान्ने कोशिश गरे।