Home Bibles फिलेमोन 1:20 · नेपाली बाइबल
फिलेमोन 1:20 · नेपाली बाइबल

हो, मेरा भाइ, प्रभुका निम्ति मेरो लागि केही गरिदेऊ। ख्रीष्टमा मेरो हृदय शान्त गराऊ।

Cross references

2 कोरिन्थी 2:2

मैले तिमीहरूलाई दुखित बनाएँ भने कसले मलाई खुशीयाली दिन्छ? केवल तिमीहरूले मात्र मलाई खुशी पार्न सक्छौ जसलाई मैले दुःख बनाएँ।

2 कोरिन्थी 7:4

म तिमीहरूसित औधि ढुक्क अनुभव गर्छु। म तिमीहरू प्रति र्गवित छु। तिमीहरू मलाई धेरै उत्साह दिन्छौ र हाम्रा सारा दुखहरूमा पनि म बढो अनिन्दित छु।

2 कोरिन्थी 7:13

त्यसैकारण हामी सुखी थियौं।हामी खुबै आनन्दित थियौं किनभने तितस धेरै आनन्दित थिए। तिमीहरूले गरेको व्यवहारमा तिनी अत्यन्तै खुशी थिए।

फिलिप्पी 1:8

म तिमीहरूलाई भेट्न अति इच्छुक छु, यो कुरो परमेश्वरले जान्नु हुन्छ। ख्रीष्ट येशूको प्रेम सितै म तिमीहरूलाई प्यार गर्दछु।

फिलिप्पी 2:1

मैले तिमीहरूलाई ख्रीष्टमा केही गर भन्न सक्नु पर्ने केही छ? के तिमीहरूको मायाले तिमीहरूलाई मलाई सुख देऊ भन्छ? तिमीहरू आत्मामा हामीसँग सहभागी हुन्छौ? तिमीहरूमा कृपा र दया छ?

फिलिप्पी 4:1

मेरा प्रिय दाज्यू-भाइ दिदी-बहिनीहरू, म तिमीहरूलाई माया गर्छु र भेट्न चाहन्छु। तिमीहरूले मलाई खुशी पारयौ अनि तिमीहरूमाथि र्गवित तुल्यायौ । मैले सिकाए जस्तै प्रभुलाई पछ्याउन नछोड।

1 थिस्सलोनिकी 2:19

जब हाम्रा प्रभु येशू ख्रीष्ट आउनु हुन्छ तब तिमीहरू नै हाम्रा गर्वको विषय हुनेछौ, किनभने तिमीहरू हाम्रो आशा, हाम्रो मुकुट अनि हाम्रो आनन्द हौ।

1 थिस्सलोनिकी 3:7

यसकारण, दाज्यु-भाइहरू, दिदी-बहिनीहरू, तिमीहरूका विश्वासले गर्दा हामी ढुककछौं। हामीलाई धेरै दुःख कष्ट छ तर पनि हामी तिमीहरूको विश्वासको बारेमा सुनेर निश्चिन्त छौं।

फिलेमोन 1:7

मेरा भाइ! तिमीले परमेश्वरका मानिसहरूलाई प्रेम गर्यौ अनि तिनीहरूलाई प्रफुल्लित तुल्यायौ। यसले मलाई आनन्द अनि सुविस्था प्रदान गरेको छ।

फिलेमोन 1:12

म उसलाई फेरि तिमीकहाँ मेरो हृदयसितै पठाउँदैछु।

हिब्रू 13:17

आफ्ना अगुवाहरूको आज्ञा मान र तिनका अधीनमा बस, तिनीहरू तिम्रा जिम्मेवार छन् र तिम्रा आत्मा बचाउनको निम्ति ती तिमीहरूको निगरानी गर्छन्। तिनीहरूको आज्ञा मान ताकि तिनीहरूले आफ्ना काम दुखसाथ होइन, ती आफ्ना काममा आनन्द लिन सक्छन्। तिनका काम सरल हुनेछ। आनन्दसाथ गर्न सकुन्। अनि तिनीहरूले आफ्ना काम दुखित बनेर गर्छन् भने त्यसले तिम्रो सहायता गर्दैन।

1 यूहन्ना 3:17

कसैसित संसारको धन-सम्पत्ति छ र पनि आफ्ना दाज्यू-भाइलाई खाँचोमा परेको देख्दा उनिहरुप्रति आफ्नो मन कठोर पार्छ भने परमेश्वरको प्रेमले कसरी त्यसमा वास गर्छ?

3 यूहन्ना 1:4

जब म मेरा बालकहरु सत्यको बाटोमा हिडिरहेका छन् भन्ने सुन्छु त्यसले मलाई अति आनन्द दिन्छ।

Interlinear

Choose Theme