जब परमप्रभुले आज्ञा गर्नु भयो मानिसहरू हिंडे र जब वहाँले आज्ञा दिनुभयो मानिसहरू हिडन बन्द गरे र तिनीहरूले छाउनी स्थापित गरे। जबसम्म पवित्र पालमाथि बादल रहन्थ्यो मानिसहरू छाउनी भित्र रहन्थे।
Cross references
सीनैको मरूभूमिबाट सबै इस्राएली दलसंगै यात्रा गरे। परमप्रभुको आज्ञा अनुसार तिनीहरू एक ठाउँदेखि अर्को ठाउँ यात्रा गरे। जब तिनीहरू रपीदीम पुगे त्यही छाउनी बनाए। त्यस ठाउँमा मानिसहरूको निम्ति पिउने पानी थिएन।
सब समय त्यो बादल पवित्र पालमाथि रह्यो र राती चाँहि त्यो बादल आगो जस्तो देखिन्थ्यो।
कहिले काही बादल पवित्र पाल माथि केही दिनको लागि रहन्थ्यो। परमप्रभुको आज्ञामा तिनीहरू छाउनी बसाल्थे र परमप्रभुकै आज्ञामा तिनीहरू सर्थे।
यसर्थ मानिसहरूले यात्रा शुरू गरेको यही पहिलो पल्ट थियो। परमप्रभुले मोशालाई दिनुभएको आज्ञा अनुसार तिनीहरूले यात्रा गर्दथे।
दाज्यू-भाइ, दिदी-बहिनीहरू, हाम्रा पिता-पुर्खाहरूमाथि के बित्यो त्यो तिमीहरूले जान भन्ने म चाहन्छु। तिनीहरू सबै बादल मुनि थिए, अनि ती सबै समुद्र भएर हिंड्थे।
अनि प्रेम गर्नुको अर्थ उनले हामीलाई दिएको आज्ञा अनुसार रहनु हो। अनि परमेश्वरको आज्ञा यो हो तिमीहरुले प्रेमको अनुसरण गर्नुपर्छ। तिमीले यो आज्ञा शुरुदेखि नै सुन्दै आएकी छौ।