गन्ती 9:12 · नेपाली बाइबल
तिनीहरूले चढाएको निस्तारबलि भोलिपल्ट बिहानसम्म त्यसबाट केही बाँकी नराख्न् र त्यसको कुनै हड्डी नभाँच्नु। सबै निस्तार चाडको नियम अनुसार तिनीहरूले मानुन्।
Cross references
प्रस्थान 12:10
बिहानसम्म मासुहरू बाँकि नराख। यदि केही मासुहरू रह्यो भने, त्यसलाई आगोमा जलाउनु पर्छ।
प्रस्थान 12:43
परमप्रभुले मोशा र हारूनलाई भन्नुभयो, “यहाँ निस्तारका निम्ति विधिहरू छन् कुनै पनि विदेशीले निस्तार चाडको भोजन खान पाउनेछैन।
प्रस्थान 12:46
“प्रत्येक परिवारले एउटा घर भित्र नै भोजन गर्नुपर्छ, कुनै पनि भोजन बाहिर लानु हुँदैन। थुमाको कुनै हड्डी भाँच्नु हुँदैन।
गन्ती 9:3
तिमीहरूले यस चाडलाई यसै महिनाको चौधौं दिनको गोधुली समयमा मान्नु पर्छ। तिमीहरूले सबै नियम र विधि-विधानहरू पालन गरेर यो चाड मनाउनु पर्छ।”
यूहन्ना 19:36
यी सबै कुराहरू घटे ताकि धर्मशास्त्र साँचो हुन्छः “उहाँको एउटै हड्डी पनि भाँचिनछैन।”