Home Bibles ☰ Books गन्ती 7:85 · नेपाली बाइबल
गन्ती 7:85 · नेपाली बाइबल

प्रत्येक चाँदीको थालको ओजन एकसय तीस शेकेल अनि प्रत्येक चाँदीको भाँडाको ओजन सत्तरी शेकेल थियो। भाँडा-कुँडाहरूको जम्मै चाँदीको तौल पवित्र स्थानको शेकेलको तौल बमोजिम 2,400 शेकेल थियो।

Cross references

1 इतिहास 22:14

“सुलेमान, मैले परमप्रभुको मन्दिर निर्माण गर्न कठिन परिश्रम गरेको छु। मैले एक लाख तोडासुन दिएको छु। अनि लगभग दश लाख तोडाचाँदी दिएको छु। मैले यतिबिघ्न काँसा र फलाम दिएको छु जसको तौल गर्न सकिंदैन। साथै मैले काठपात र ढुङ्गाहरू दिएकोछु। सुलेमान तैंले त्यस माथि थप्न सक्छस्।

1 इतिहास 29:4

मैले ओपेरको 3,000 तोडा शुद्ध सुन दिएको छु। मैले 7,000 तोडा शुद्ध चाँदी दिएको छु। चाँदी मन्दिरका भित्ताहरूमा लगाउनको निम्ति हो।

1 इतिहास 29:7

यी ती वस्तुहरू हुन् जो तिनीहरूले परमेश्वरको मन्दिरका निम्ति अर्पण गरेका थिएः 5,000 तोडा सुन, 10,000असर्फी,10,000 तोडा चाँदी, 18,000 तोडा काँसा, अनि 1,00,000 तोडा फलाम।

एज्रा 8:25

त्यसपछि राजा र तिनका सल्लाहकारहरू र अधिकारीहरू त्यहाँ उपस्थित भएका इस्राएलका सबै मानिसहरूले हाम्रा परमेश्वरको मन्दिरका निम्ति अर्पण गरेका सुन, चाँदी र भाँडा-वत्तर्नहरू तौलेर मैले तिनीहरूलाई दिए।

Interlinear

Choose Theme