“यस रीतिले जब इस्राएलका मानिसहरूलाई अशीर्वाद दिंदा हारून र उसका छोराले मेरो नाम मानिसहरूमाथि लगाउछन् अनि म तिनीहरूलाई आशीष दिनेछु।”
Cross references
म तिमीलाई आशीर्वाद दिनेछु, तिमीबाट महान् राष्ट्र बनाएर प्रसिद्ध बनाउनेछु। तब मानिसहरूले अरूलाई आशीर्वाद दिदाँ तिम्रो नाउँ लिनेछन्।
तब त्यस मानिसले याकूबलाई भने, “मलाई जान देऊ। सूर्योदय भइरहेको छ।”तर याकूबले भन्यो, “जबसम्म तिमी मलाई आशीर्वाद दिंदैनौ म तिमीलाई जान दिने छैन।”
तब याकूबले उनलाई सोधे, “दया गरी मलाई तँपाइको नाउँ बताउनु होस्।”तर त्यस मानिसले भने, “तिमीले मेरो नाउँ किन सोध्नु पर्यो?” त्यस बेला त्यस मानिसले याकूबलाई आशीर्वाद दियो।
तब मोशाले परमेश्वरलाई भने, “जब म इस्राएलीहरू कहाँ जान्छु अनि तिनीहरूलाई भन्छु, ‘म तिमीहरूका पिता-पुर्खाहरूका परमेश्वरद्वारा पठाइएको हुँ,’ अनि तिनीहरूले तपाईंको नाउँ सोधेमा मैले के भन्नु पर्नेछ?”
अब्राहाम, इसहाक र याकूबको अघि प्रकट भएको थिएँ। तिनीहरूले मलाई एल-सदाईभने। तिनीहरूले मेरो नाउँ यहोवा (परमप्रभु) भनी जाने।
परमप्रभु उनी भएकहाँ तल पर्वतमाथि बादलमा आउनु भयो अनि मोशाको अघि उभिनु भयो। मोशाले परमप्रभुको नाउँको उच्चारण गरे।
परमप्रभुले मलाई भन्नुभयो, ती मानिसहरूलाई आशीर्वाद देऊ, परमप्रभुले तिनीहरूलाई आशीर्वाद दिनु भएकोछ, यसर्थ म त्यो बदलाउन सक्तिन।
तब पृथ्वीका सबै मानिसहरूले थाहा पाउनेछन् तिमीहरू परमप्रभुका मानिसहरू हौ र तिनीहरू तिमीहरूसित डराउने छन्।
“तपाईंका मानिसहरू जस्ता इस्राएल र त्यहाँ पृथ्वीमाथि अर्को जाति छैन। तिनीहरू विशेष मानसिहरू हुन्। तिनीहरू दास दासी थिए। तर तपाईंले मिश्रबाट बाहिर ल्याएर स्वतन्त्र बनाइदिनु भयो। तिनीहरूलाई तपाईंका मानिस बनाउनको निम्ति अनि तपाईंको आफ्नै नाउँ बनाउनका निम्ति। आफ्ना मानिसहरू अनि भूमिको खातिर तपाईंले महान भए योग्य कार्यहरू गर्नु भयो।
याबेशले इस्राएलका परमेश्वरलाई प्रार्थना गरे र भने, “म चाहन्छु कि तपाईंले मलाई साँच्चै आशीर्वाद दिनुहुनेछ। म चाहन्छु तपाईंले मलाई अधिक भूमि दिनुहुनेछ। मेरो नजिक रहनु होस् अनि मलाई चोट पुर्याउन कसैलाई पनि नदिनुहोस। तब मलाई कुनै पीडा हुने छैन।” अनि परमेश्वरले याबेशलाई त्यही दिनु भयो जो तिनले मागेका थिए।
अनि यदि मेरो मानिसहरू, जसलाई मेरो नाउँद्वारा पुकारिन्छ, तिनीहरू आफै विनम्र भई प्रार्थना गर्छन्, र यदि तिनीहरूले मलाई खोज्छन् अनि आफ्ना नराम्रा बाटोबाट तिनीहरू हट्छन् भने, तब म स्वर्गबाट तिनीहरूलाई सुन्नेछु। अनि म तिनीहरूको पापलाई क्षमा गरिदिने छु अनि तिनीहरूको भूमिलाई निको पारी दिनेछु।
हे परमप्रभु, धार्मिक मानिसहरूलाई तपाईंले आशीर्वाद दिनुहुन्छ। तिनीहरू प्रति तपाईंको दया तिनीहरूको निम्ति ढाल झैं छ।
हामीलाई परमेश्वरले आशीर्वाद दिऊन्। अनि पृथ्वीमा भएका सारा मानिसहरूले परमेश्वरसँग डर राखुन् र श्रद्धा गरून्।
परमप्रभुले हामीलाई सम्झनुहुन्छ। परमप्रभुले हामीलाई आशीर्वाद दिनुहुन्छ। परमप्रभुले इस्राएल लाई आशीर्वाद दिनुहुनेछ। परमप्रभुले हारूनका परिवारलाई आशीर्वाद दिनुहुनेछ।
ती सबै मानिसहरू देऊ जो मेरा हुन - मेरो नाउँ तिनीहरूसित संयुक्त छ। मैले ती मानिसहरू आफ्नोलागि सृष्टि गरें। तिनीहरूलाई सृष्टि गरें यसकारण तिनीहरू मेरा हुन्।”
किन तपाईं भ्रममा परेको मानिस झैं देखिनु हुन्छ? तपाईंले कसैलाई पनि बचाउँनु हातमा नरहेका सेना झैं हुनुहुन्छ। तर हे परमप्रभु। तपाईं हाम्रो साथमा हुनुहुन्छ। हामी तपाईंको नाउँले बोलाइन्छौं। हामीलाई असहाय नछोडनु होस्।”
मेरो परमेश्वर आफ्नो कान थापेर सुन्नुहोस्, आफ्नो आँखा खोल्नुहोस् र हाम्रो उजाड अवस्थामाथि र तपाईंको नाउँ भएको शहरमाथि निगाह राख्नहोस्। हाम्रो आफ्नै धार्मिकता द्वारा होइन, तर तपाईंको असीम दयाद्वारा तपाईंका सामुन्ने हामी आफ्नो अन्तर-बिन्ती टक्राउँदछौं।
हे परमप्रभु! सुन्नुहोस्, मेरा परमेश्वर हाम्रो पाप क्षमा गर्नुहोस्, मेरो परमेश्वर हाम्रो प्रार्थना सुनेर त्यस अनुसार गरिदिनु होस। किनभने यो तपाईं आफ्नो भलाईको निम्ति गर्नुहोस, ढिलो नगर्नुहोस, तपाईंको शहर र तपाईंको नानिस तपाईंकै नाउँले कहलाइएकोछन्।”
यसकारण जाऊ र सबै देशका मानिसहरूलाई मेरा चेलाहरू बनाऊ। तिनीहरूलाई पिता, पुत्र र पवित्र आत्माको नाममा बप्तिस्मा देओ।
उहाँले हामीलाई स्वर्गीय स्थानहरूमा प्रत्येक ख्रीष्टमा रहेको आत्मिक आशिष दिनु भएकोछ। हाम्रा प्रभु येशू ख्रीष्टका पिता परमेश्वरमा प्रशंसा।