Home Bibles गन्ती 5:8 · नेपाली बाइबल
गन्ती 5:8 · नेपाली बाइबल

तर यदि त्यो सताएको मर्यो भने अनि उसको कोही आफन्ता छैन भने, क्षतिपूर्तिको मोल परमप्रभुको पूजाहारीलाई दिनु पर्छ। यो व्यक्तिले पूजाहारीलाई प्रायश्चितको निम्ति एउटा साँढे दिनु पर्छ। पूजाहारीले साँढेलाई बलिदान दिएर उसको लागि प्रायश्चित गर्ने छ।

Cross references

लेवी 6:6

“उसले आफूले गरेको दोषको बराबर परिमाणमा दोषबलि स्वरूप पशुहरूको बथानबाट एउटा निष्खोट भेडा परमप्रभुको निम्ति पूजाहारीकहाँ ल्याउनुपर्छ।

लेवी 7:7

दोषबलि पापबलि जस्तै हो। यी दुवैको निम्ति नियमहरू एउटै छन्। बलि पूजाहरीको हो जसले ऊसित प्रायश्चित गर्छ। अनि यो उसको खाद्य हो।

लेवी 25:25

तिमीहरूको देशमा कुनै मानिस एकदमै गरीब हुँदा जमीन बेच्नु सक्छ तर उसको अति नजिकको आफन्त आएर आफ्नो मानिसको निम्ति त्यो भूमि किन्न सक्छ।

2 राजा 12:16

मानिसहरूले त्यस बेला रूपियाँ जब तिनीहरूले दोषबलिहरू र पापबलिहरू चढाए। तर त्यो रूपियाँ कर्मीहरूलाई भुक्तानी गर्नमा प्रयोग गरिएन। त्यो रूपियाँ पूजाहारीहरूको हुने गर्दथ्यो।

Interlinear

Choose Theme