Home Bibles ☰ Books गन्ती 4:24 · नेपाली बाइबल
गन्ती 4:24 · नेपाली बाइबल

“गेर्शोनी वंशका मानिसहरूले बोक्नु पर्ने र गर्नु पर्ने काम यही हो।

Cross references

गन्ती 3:26

पवित्र स्थानको आँगनको प्रवेशद्वारको पर्दा आँगनको पर्दा, पर्दाको डोरीहरू र पर्दामा प्रयोग हुने सबै समानहरू तिनीहरूको हेरचाहमा थियो। त्यो आँगन पवित्र स्थान र वेदीको वरिपरि थियो।

गन्ती 4:15

“जब हारून र तिनका छोराहरूले पवित्र सर-सामानहरू छोपिदिन सक्छन् तब कहाती वंशका मानिसहरूले त्यस समानहरू बोक्न शुरू गर्न सक्छन् र यसरी तिनीहरूले पवित्रस्थान स्पर्श गर्ने छैनन् नत्र तिनीहरू मर्नेछन्। भेट हुने पालको सबै सर-समानहरू कहातीहरूले नै बोकुन्।

गन्ती 4:19

तिमीहरूले तिनीहरूको निम्ति यस्तो गर ताकि तिनीहरू अति पवित्र स्थान नजीक जाऊन् तर नमरून्। हारून अनि तिनका छोराहरूले कहाती मानिसहरूलाई पवित्र स्थान भित्र गएर तिनीहरूले बोक्नु पर्ने समानहरू सबै देखाइ दिऊन्।

गन्ती 4:27

गेर्शोनी मानिसहरूले जे पनि गर्छन भारी वोक्ने काम होस् अथवा अन्य काम हारून र तिनका छोराहरूको आदेश अनुसार गर्नेछन् र गेर्शोनी मानिसहरूको काम तिनीहरूले रेख-देख गर्नेछन्। यसर्थ गेर्शोनी मानिसहरूलाई तिनीहरूले काममा खटाऊन्।

गन्ती 4:31

भेट हुने पालमा तिनीहरूले यात्राको समयमा गर्नु पर्ने कामहरू यिनै हुन् पवित्र स्थानका फल्याकहरू, त्यसका बारहरू र डण्डीहरू, खम्बाहरू अनि आधारहरू।

गन्ती 4:47

तीसदेखि पचास वर्ष उमेर भएका र भेट हुने पालमा काम गरेका सबै मानिसहरूको तिनीहरूले गन्ती गरे। तिनीहरूलाई भेट हुने पालमा विशेष कामको निम्ति खटाइयो। तिनीहरूले यात्रा गर्दा भेट हुने पाल बोक्ने काम गरे।

गन्ती 4:49

परमप्रभुको आज्ञा अनुसार नै मोशाले प्रत्येक मानिसको गन्ती गरेका थिए। प्रत्येक मानिसलाई उसले के बोक्नु पर्थ्यो उसलाई भनिएको थियो। यो परमप्रभुले भन्नुभए जस्तै गरिएको थियो।

गन्ती 7:7

मोशाले गेर्शोनीहरूलाई तिनीहरूको कामको निम्ति दुइवटा गाडाहरू र चारवटा गोरूहरू दिए।

गन्ती 10:17

त्यसपछि पवित्र पाल उठाइयो अनि गेर्शोनी र मरारी कुलका मानिसहरूले त्यो पाल बोके। यसर्थ यस परिवारका मानिसहरू दोस्रो पक्तिमा आए।

Interlinear

Choose Theme