“यदि तिमीहरूले ती त्यहाँका बासिन्दाहरूलाई बलपूर्वक लखेटेनौ भने त्यहाँ रहेकाहरू तिमीहरूको निम्ति तिनीहरू आँखामा विझेको छेस्का अथवा शरीरमा बिझेको काँढा झैं हुनेछ। तिमीहरू बसेको भूमिमा तिनीहरूले तिमीहरूलाई झंझटमा फसाउनेछन्।
Cross references
तिनीहरूलाई तिम्रो भूमिमा बस्नै नदेऊ। यदि तिमीले तिनीहरूलाई त्यहाँ बस्न दियौ भने तिनीहरूले तिमीहरूलाई जालोभारी गरी मेरो विरोधमा पाप गर्न लगाउने छन। अनि तिमीहरू तिनीहरूका देवी-देवताहरू पूज्न लाग्नेछौ।”
किन? कारण, तिनीहरूले तिमीहरूका छोरा-छोरीहरूलाई मेरो सेवा गर्नबाट विमुख बनाउनेछन् र तिनीहरूले अरू देवी-देवताहरूको पूजा गर्नेछन्। अनि परमप्रभु तिमीहरूसित अत्यन्तै रिसाएर तिमीहरूलाई ध्वंश पार्नु हुनेछ।
तिमीहरूले ती सबै मानिसहरूलाई ध्वंश पार्नुपर्छ जसमा परमप्रभुले परास्त गर्नमा सहायता गर्नु हुनेछ। तिनीहरूको निम्ति शोक नगर, तिनीहरूका देवताहरूको पूजा नगर। किन? किनभने तिनीहरू पासो हुन्, तिनीहरूले तिमीहरूको जीवन नष्ट पार्नेछन्।
हाम्रो माझ अझ पनि केही मानिसहरू बसेकाछन् जो इस्राएलका मानिस होइनन्। ती मानिसहरूले तिनीहरूका आफ्नै देवताहरूको पूजा गर्छन्। तिनीहरूको देवताहरूको सेवा अथवा तिमीहरूले पूजा नगर।
“परमप्रभुको अनुसरण गर्न नछोड। ती अन्य मानिसहरूको मित्र नबन जो इस्राएली होइनन्। तिनीहरूका कुनै मानिसहरूसित विवाह नगर। तर यदि तिमीहरू यी मानिसहरूका मित्र बन्यौ भने।
परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूका शत्रुहरूलाई परास्त गर्नमा सहयोह गर्नुहुने छैन। यी मानिसहरू तिमीहरूका निम्ति पासो जस्तै हुनेछन्। तिनीहरूले तिमीहरूलाई तिम्रा आखाँमा धुँवा र धूलो परे जस्तै कष्ट दिनेछन्। अनि तिमीहरूलाई यो उत्तम भूमि छोड्न बाध्य तुल्याउने छन्। परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई यो भूमि दिनुभयो। तर यदि तिमीहरूले यो आज्ञा पालन गरेनौ भने तिमीहरूले यसलाई गुमाउन सक्छौ।
बिन्यामीन कुल समूहले यबूसी मानिसहरूलाई यरूशलेम छोड्न वाध्य तुल्याउन सकेनन्। यसकारण आज पनि, यरूशलेममा यबूसी मानिसहरू बिन्यामीन कुल समूहसित बस्छन्।
“अब म तिमीहरूलाई भन्नेछु, ‘अब देखि उता यी मानिसहरूलाई म यो भूमिदेखि धपाउने छैन। यी मनिसहरू तिमीहरूको निम्ति समस्या बनिनेछन्। तिनीहरूका असत्य देवताहरूले तिमीहरूलाई पासोमा पार्नेछन्।”‘
परमप्रभुले अन्य जातिहरूलाई ध्वंश पार्न मानिसहरूलाई आज्ञा दिनु भयो। तर इस्राएल का मानिसहरूले उहाँको आज्ञा पालन गरेनन्।
“‘अतीत कालमा, इस्राएललाई त्यसको चारैतिरका देशहरूले घृणा गर्थे। अब उसो तिनीहरूको वरीपरीका सबै देशहरूबाट कष्ट दिनलाई कुनै तीखा काँढाहरू अथवा सिउँडी रहने छैन। त्यसपछि तिनीहरूले जान्नेछन् म मात्र परमप्रभु तिनीहरूको मालिक हुँ।”