Home Bibles ☰ Books गन्ती 33:36 · नेपाली बाइबल
गन्ती 33:36 · नेपाली बाइबल

ती मानिसहरूले एस्योन-गेबेरबाट यात्रा गरी सीन मरूभूमिको कादेशमा छाउनी हाले।

Cross references

गन्ती 13:21

यसकारण तिनीहरू सीनको मरूभूमि देखि रहोब द्वारा लेबो हमात तिर चढे अनि त्यस भूमिको जाँज गरे।

गन्ती 13:26

पारान मरूभूमिको कादेश भन्ने ठाँउमा जहाँ मोशा, हारून र सबै इस्राएली मानिसहरूलाई भेला भएर बसेका थिए अनि तिनीहरूको खबर तिनीहरूकहाँ ल्याए अनि तिनीहरूलाई त्यस भूमिको फल देखाए।

गन्ती 20:1

पहिलो महीनामा इस्राएलका मानिसहरू जीन मरूभूमिमा आइपुगे। मानिसहरू कादेशमा बसे अनि त्यही मरियम मरिन् र त्यही ठाउँमा गाडे।

गन्ती 27:14

किनभने, सीनैको मरूभूमिमा मानिसहरूले पानीको निम्ति मसंग माग्दा तिमीले मेरो आज्ञा उलघंन गरेका थियौ। तिनीहरूको सामुन्ने तिमीले मलाई सम्मान राखेनौ।” (यो घटना सीनै मरूभूमिमा कादेश नजिकको मरीबाको पानीहरूमा भएको थियो।)

व्यवस्था 32:51

किन? किनभने जब तिमी सीनको मरूभूमिमा कादेशको नजिक मरीबा पानीमा थियौ तब तिमी दुवैले मेरो विरूद्ध इस्राएलीहरूको अघि पाप गरेको थियौ। तिमीले मेरो सम्मान गरेनौ अनि ‘म पवित्र हुँ, भनी मानिसहरूलाई बुझाएनौ।

Interlinear

Choose Theme