Cross references
गन्ती 20:28
मोशाले हारूनको खास लुगाहरू फुकाइदिएर एलाजारलाई लगाई दिए। त्यसपछि हारून त्यहीं पर्वतमा मरे अनि मोशा र एलाजार पर्वतबाट तल झरे।
व्यवस्था 10:5
म पर्वतबाट तल आएँ, मैले पछि ती शिला-पाटीहरू बनाएको काठको सन्दूकभित्र राखें परमप्रभुले मलाई त्यहाँ राख्ने आज्ञा दिनु भयो। अझसम्म ती पाटीहरू त्यो सन्दूकमा छँदैछन्।”
व्यवस्था 10:6
इस्राएलीहरू बाओथ-बने याकानीहरूको कूवाहरूदेखि हिंडेर मोसेरासम्म आए। त्यहाँ हारूनको मृत्यु भयो अनि तिनलाई त्यहीं गाडे। हारूनको छोरो एलाजारले बाबुको ठाउँमा पूजाहारीको काम गरे।
व्यवस्था 32:50
तिमी त्यही पर्वतमाथि मर्नेछौ। तिमी पनि त्यसरी नै आफ्नो मानिसहरूसित मिल्नेछौ जसरी तिम्रा दाज्यू हारून होर पर्वतमा मरेर आफ्नो मानिसहरूसित मिले।