गन्ती 32:16 · नेपाली बाइबल
तर रूबेन र गाद कुलका मानिसहरू मोशाकहाँ गएर भने, “हामी यहाँ आफ्नो गाई वस्तुहरूको निम्ति गोठ तथा जहान बाल-बच्चाहरूको निम्ति शहर तयार पार्छौ।
Cross references
उत्पत्ति 33:17
तर याकूब सुक्कोत गए अनि त्यहाँ उनले एउटा घर र पशुहरूको निम्ति सानो खोर बनायो। यही कारणले यस ठाउँको नाउँ सुक्कोत राखियो।
गन्ती 34:22
दानको कुलबाट योगीलीको छोरो बुक्की,
व्यवस्था 3:19
मैले दिएको भूमिमा तिमीहरूकी पत्नीहरू, स-साना नानीहरू अनि तिमीहरूका गाई बस्तुहरू (म जान्दछु तिमीहरूको गाई-वस्तुहरू धेरै छन्) बस्ने छन्।
व्यवस्था 33:21
उनले आफ्नो निम्ति सबभन्दा असल अंश छान्छन्। उनले राजाको भाग नै लैजान्छन्। उनीकहाँ मानिसहरूका अगुवाहरू आउँछन्। परमप्रभुले बताउनु भएको असल कार्यहरू उनी गर्छन्। उनी इस्राएलका मानिसहरूका लागि के राम्रो हुन्छ त्यही गर्छन्।”