Home Bibles गन्ती 31:49 · नेपाली बाइबल
गन्ती 31:49 · नेपाली बाइबल

तिनीहरूले मोशालाई भने, “हामी तपाईंका सेवकहरूले हाम्रा अधीनमा रहेका सबै सेनाहरू गन्यौ तिनीहरू मध्ये हामीले कसैलाई पनि गुमाएनौं।

Cross references

प्रस्थान 30:12

“इस्राएलीहरूको गन्ती गर जसद्वारा तिमीले त्यहाँ कति जन-संख्या छ थाहा पाउनेछौ। हरेकले आफ्नो जीवन बचाउनु परमप्रभुलाई केही भेटी दिनु पर्छ। नत्र तिनीहरूले कष्ट भोग्नु पर्छ जब तिमी उनीहरूको गन्ती गर्छौ।

1 शमूएल 30:18

अमालेकीहरूले लुटेका जति सबै उनका दुइटी पत्नीहरू सहित दाऊदले उद्वार गरे।

1 शमूएल 30:19

कोही पनि हराएनन्। बूढा र जवान सबै पुनःप्राप्त गरे। सबैका छोरा छोरी पनि पाइए। अमालेकीहरूले लुटेका प्रत्येक चीज दाऊदले पुनःप्राप्त गरे।

भजनसंग्रह 72:14

अत्याचार र क्रूर मानिसहरू जसले तिनीहरूलाई नोक्सान पुरा्याउँन चाहन्छन् तिनीहरूदेखि राजाले बचाउँनु हुन्छ। ती दीन-हीन मानिसहरूको जीवन राजाको निम्ति अत्यन्त महत्वपूर्ण छ।

यूहन्ना 18:9

उहाँले यो भन्नुभयो ताकि उहाँले जे भन्नुभएको थियो त्यो पूरा हुन सक्यो, “तपाईंले मलाई दिनुभएको मध्ये कसैलाई पनि गुमाईनँ।”

Interlinear

Choose Theme