Home Bibles ☰ Books गन्ती 31:23 · नेपाली बाइबल
गन्ती 31:23 · नेपाली बाइबल

आगोलाई प्रतिरोध गर्ने प्रत्येक कुरालाई आगो प्रयोग गरेर शुद्ध पार्नु पर्छ अनि यसलाई शुद्धीकरणको पानीले शुद्ध गर्नुपर्छ, तब यो शुद्ध हुनेछ। तिमीहरूले प्रत्येक कुरालाई पानीसित अवश्यै शुद्ध गर्नु पर्छ त्यो आगोले प्रतिरोध गर्ने सकिदैन।

Cross references

प्रस्थान 19:10

अनि परमप्रभुले मोशालाई भन्नु भयो, “आज र भोलि तिमीले मानिसहरूलाई एक विशेष सभाको निम्ति तयारी राख्नु पर्छ। मानिसहरूले आफ्नो लुगाहरू धुनुपर्छ।

प्रस्थान 19:14

यसर्थ मोशा पर्वतबाट तल झरे अनि मानिसहरू भएको ठाउँमा गए। तिनले मानिसहरूलाई विशेष सभाको निम्ति तयार पारे अनि तिनीहरूले आ-आफ्नो लुगा धोए।

लेवी 11:32

“अनि यदि अशुद्ध पशुहरू मध्ये कुनै मर्छ अनि केहि कुरामा पर्छ तब त्यो वस्तु अशुद्ध हुनेछ यो काठ, लुगा, छाला, पाठाको छालाको लुगा (भाङग्रा) अथवा कुनै काम आउने भाँडे किन नहोस्। यदि यस्तो भए, यसलाई पानीमा डुबाउनु पर्छ अनि यो साँझसम्म अशुद्ध रहनेछ।

लेवी 15:17

लुगा अथवा छाला जसमा वीर्य झर्छ धुनु पर्छ अनि ऊ बेलुकीसम्म अशुद्ध रहनेछ।

गन्ती 8:7

तिनीहरूलाई शुद्ध पार्नको निम्ति तिमीले यसो गर्नुपर्छ तिनीहरू माथि शुद्धीकरणको पानी छर्किदेऊ र त्यस पानीले तिनीहरूलाई शुद्ध तुल्याउँछ। त्यसपछि तिनीहरूले आफ्नो शरीरको सम्पूर्ण रौं काटुन् अनि आफ्नो लुगाहरू धुऊन् र तिनीहरू यसरी शुद्ध हुन्छन्।

गन्ती 19:9

“केही शुद्ध मानिसले जलाएको कोरेलीको खरानी बटुलेर छाउनी देखि बाहिर विधिपूर्वक शुद्ध पारिएको ठाँउमा राख्नु पर्छ। खरानी इस्राएलका मानिसहरूलाई सफा गर्नका निम्ति पानीसित राखेका थियो। यो पापबलि हो।

गन्ती 19:17

“त्यो अशुद्ध मानिसको निम्ति जलाइएको गाईको खरानी एउटा भाँडामा हाल र त्यसमा बग्दै गरेको पानी यसमा हाल्नु पर्छ।

यशैया 43:2

जब तिमीमाथि कष्टहरू पर्छन, म तिम्रो साथमा छु। जब तिमी नदीहरू तर्छौ तिमीलाई चोट लाग्नेछैन। जब तिमी आगोबाट हिंड्दछौ, तिमी जल्ने छैनौ; आगोको ज्वालाले तिमीलाई लपेटने छैन्।

जकरिया 13:9

त्यपछि म ती बाँचेकालाई जाँच्नेछु। म तिनीहरूलाई अत्यन्तै कष्ट दिनेछु। त्यो कष्ट आगो जस्तै हुनेछ जुन आगोले चाँदीको शुद्धता जाँच्छ। म तिनीहरूको जाँच त्यसरी नै गर्नेछु जसरी मानिसहरूले सुनको शुद्धता जाँच गर्छन्। तब तिनीहरूले मलाई सहायताको निम्ति बोलाउँनेछन् अनि म सहायता गर्नेछु। म भन्नेछु, ‘तिमीहरू मेरो प्रजाहरू हौ।’ अनि उनीहरूले भन्नेछन् परमप्रभु हाम्रा परमेश्वर हुनुहुन्छ।”‘

मलाकी 2:2

यदि तिमीहरूले सुन्दैनौ र मेरोनाउँलाई सम्मान गर्दैनौ भने तिमीहरूलाई खराब हुनेछ। तिमीहरूले आशिर्वाद दिनेछौ तर त्यो श्रापमा परिणत हुनेछ। यदि तिमीहरूले मेरो नाउँमा सम्मान गरेनौभनें म खराब गर्नेछु।” सर्वशक्तिमान परमप्रभुले यी सबै कुराहरू भन्नुभयो।

मत्ती 3:11

‘म चाहिं तिमीहरूले पश्चाताप गर्यौ भनी देखाउनका निम्ति पानीद्वारा बप्तिष्मा गरिदिन्छु। तर मपछि आउने एक जना मभन्दा शक्तिशाली हुनुहुन्छ, जसको जुत्ताको फित्ता खोल्ने लायकको म छैन, उहाँले नै तिमीहरूलाई पवित्र आत्मा र आगोले बप्तिस्मा दिनुहुनेछ।

1 कोरिन्थी 3:13

प्रत्येक व्यक्तिको काम देखिनेछ किनभने त्यस दिनद्वारा नै सफासँग त्यो देखाइनेछ। त्यो दिनआगोसँग आउनेछ अनि प्रत्येकको कामको गुणस्तरको परख आगोले लिनेछ।

एफिसी 5:26

मण्डलीलाई पवित्र बनाउनु उहाँले आफ्नो प्राण बलि दिनुभयो। मण्डलीलाई पानीले धोएर शुद्ध पार्न ख्रीष्टले सुसमाचार प्रयोग गर्नुभयो।

तीतस 3:5

उहाँले हामीलाई आफ्नो दयाद्वारा नै बचाउनु भयो-परमेश्वर प्रति सही हुन्छौं भनी हामीले गरेका असल कामको कारणले होइन। उहाँले हामीलाई धोएर बचाँउनु भयो जसले हामीलाई नयाँ मानिस तुल्यायो। उहाँले हामीलाई पवित्र आत्माद्वारा नँया तुल्याएर हामीलाई बचाउनु भयो।

Interlinear

Choose Theme