Home Bibles गन्ती 3:2 · नेपाली बाइबल
गन्ती 3:2 · नेपाली बाइबल

हारूनका दुइजना छोराहरू थिए र नादाब तिनको जेठो छोरा थिए। अरू छोराहरूको नाम अबीहू, एलाजार र ईतामार हो।

Cross references

प्रस्थान 6:23

हारूनले अम्मीनादाबकी छोरी तथा नहशोनकी बहिनी एलीशेबासित विवाह गरे। हारून र एलीशेबाले नादाब, अबीहू, एलाजार अनि ईतामारलाई जन्म दिए।

प्रस्थान 28:1

परमप्रभुले मोशालाई भन्नु भयो, “तिम्रो दाज्यू हारून, उसका छोराहरू नादाब, अबीहू, एलाजार अनि ईतामारलाई इस्राएली मानिसहरूलाई छोडेर तिमी कहाँ आउनु भन। यी मानिसहरू पूजाहारी भएर मेरो सेवा गर्नेछन्।

गन्ती 26:60

हारून नादाब, अबीहू, एलाजार अनि इतामारका पिता थिए।

1 इतिहास 6:3

अम्रामका छोरा-छोरीहरूः हारून, मोशा र मरियम थिए।हारूनका छोराहरूः नादाब, अबीहू, एलाजार अनि ईतामार थिए।

1 इतिहास 24:1

हारूनका छोराहरूका समूहहरू यी थिएः हारूनका छोराहरू नादाब, अबीहू, एलाजार अनि ईतामार थिए।

1 इतिहास 24:2

तर नादाब र अबीहू आफ्ना पिताको मृत्यु हुन भन्दा अघिनै मरे। अनि नादाब र अबीहूका छोराहरू थिएनन्। यसर्थ एलाजार अनि ईतामारले पूजाहारीको रूपमा काम गरे।

Interlinear

Choose Theme