“उत्सवको आठौं दिनमा एउटा विशेष सभा हुनेछ। त्यस दिन तिमीहरूले परिश्रमको कार्य गर्नुहुँदैन।
Cross references
तिमीहरूले परमप्रभुको निम्ति आगोद्वारा सात दिनसम्म बलि ल्याउनु पर्छ अनि आठौं दिन तिमीहरूले अर्को पवित्र सभा गर्ने पर्छ। आगोको बलि परमप्रभुलाई चढाउनु पर्छ, तिनीहरू त्यस केही काम गर्नु हुँदैन अनि यो पवित्र सभा हुनेछ।
“सातौं महीनाको पहिलोदिन तिमीहरूको निम्ती एउटा विशेष सभा डाकिनु पर्छ। त्यस दिन तिमीहरूले कुनै अरू परिश्रम गर्नु हुँदैन। त्यो दिन तिमीहरूको निम्ति तुरही बजाउने दिन हुन्छ।
“सातौं महिनाको पन्ध्रौं दिन तिमीहरूले एउटा विशेष सभा राख्नु अनि त्यसदिन कुनै दैनिक काम नगर्नू। परमप्रभुको सम्मानमा सात दिनसम्म उत्सव मनाउनू।
पर्वको अन्तिम दिन थियो। यो एकदमै मुख्य दिन थियो। त्यसदिन येशू उभिनु भयो र ठूलो स्वरमा भन्नुभयो, “यदि कुनै मानिसहरूलाई तीर्खा लागेको छ भने मकहाँ आऊ र पिऊ।
त्यासपछि मैले हेरें, अनि त्यहाँ कसैले गनिनसक्ने मानिसहरु थिए। तिनीहरु पृथ्वीका हरेक राष्ट्र, जाति, कूल अनि विभिन्न भाषाका मानिसहरु थिए। तिनीहरु सिंहासन अनि भेंडाको पाठा सामुन्ने उभिरहेका थिए। तिनीहरु सबै सेतो पोशाकमा थिए अनि तिनीहरुका हातमा खजूरका हाँगा थिए।