Home Bibles गन्ती 24:16 · नेपाली बाइबल
गन्ती 24:16 · नेपाली बाइबल

कसले परमेश्वरको वचन सुन्न सक्छ अनि कसले सर्वउच्च परमेश्वरबाट ज्ञान प्राप्त गर्न सक्छ? सर्वशक्तिमान परमेश्वरले यो कुराहरू देखाउनु भयो त्यो मैले देखें। म नम्रता पूर्वक तपाईंलाई भन्छु के म स्वच्छ देख्छु।

Cross references

उत्पत्ति 14:18

शालेमका राजा पनि मल्कीसेदेक रोटी र दाखरस लिएर अब्रामसित भेट्न आए। तिनी सर्वोच्च परमेश्वरको पूजाहारी थिए।

उत्पत्ति 17:1

जब अब्राम 99 वर्ष पुगे परमप्रभु तिनी सामु प्रकट हुनुभयो। परमप्रभुले भन्नुभयो, “म सर्वशक्तिमान परमेश्वर हुँ। मसित सही पथ अनुशरण गर।

गन्ती 24:4

म यो वाणी परमेश्वरबाट सुन्छु। परमेश्वर सर्वशक्तिमानले जे देखाउनु भयो मैले त्यो देखें। म जो स्पष्ट देख्छु त्यो विनम्र भई भन्छु।

2 शमूएल 23:1

यी दाऊदका अन्तिम वचनहरू यिनै, यिशैका छोरा दाऊदको सन्देश हो यो। यो सन्देश तिनैको हो-जसलाई परमेश्वरले महान् बनाउनुभयो, जो याकुबको परमेशवरद्वारा छानिएका राजा जो इस्राएलको मधुर गीतका गायक।

1 कोरिन्थी 8:1

अब मूर्तिमा बलि चढाएका पशुहरूको मासुको विषयमा म लेख्छु। हामी जान्दछौ कि “हामी सबैमा ज्ञान छ” “ज्ञान”-ले तिमीहरूलाई घमण्डी तुल्याउँछ, तर प्रेमले अरू विकासित हुन सहायता गर्छ।

1 कोरिन्थी 13:2

मसित अगमवाणी गर्न सक्ने वरदान होला। म परमेश्वरको जम्मै रहस्य बुझूँला र हरेक कुरो जानुँला, अनि मसित यति ठूलो विश्वास होला कि म पहाडहरू पनि हल्लाउन सकुँला। तर यतिको शक्ति ममा आर्जित हुँदा पनि यदि ममा प्रेम नभए म केही होइन।

Interlinear

Choose Theme