Home Bibles ☰ Books गन्ती 23:11 · नेपाली बाइबल
गन्ती 23:11 · नेपाली बाइबल

त्यसपछि बालाकले बिलामलाई भने, “तपाईंले मलाई के गर्नु भयो? मैले तपाईंलाई मेरा शत्रुहरूलाई सराप्न ल्याए तर तपाईंले तिनीहरूलाई आशीर्वाद दिनुभयो।”

Cross references

गन्ती 22:11

उनको सन्देश थियो “हेर्नुहोस् यो जाति मिश्रदेशबाट भएको छ र तिनीहरूको छाउनीले देशलाई ढाकी रहेकोछ। अब आउनु होस् र मेरो पक्षमा तिनीहरूलाई सराप्नु होस। यदि तपाईंले त्यसो गारिदिनु भयो भने सायद म तिनीहरूलाई लँडाईमा जितेर धपाउन सक्छु।”

गन्ती 22:17

किनभने म तपाईंलाई बडो इज्जत साथ सम्मान चढाउनेछु साथै तपाईंले जे भन्नुहुन्छ म मान्नेछु। दया गरी आउनुहोस् र मेरो पक्षमा तिनीहरूलाई सराप्नु होस्।”

गन्ती 23:7

बालाक, मोआबका राजाले मलाई यहाँबाट अरामको पूर्वोत्तर पर्वतहरूमा लगे। बालाकले मलाई भने,“आऊ मेरो निम्ति याकूबलाई शराप। आऊ इस्राएलका मानिसहरूको विरोधमा बोल।”

गन्ती 24:10

बिलामसित बालाक रिसाएर हात पक्डिएर, तिनले बिलामलाई भने, “मैले तिमीलाई मेरा शत्रुहरूलाई सराप्न बोलाएको थिएँ तर तिमीले तिनीहरूलाई तीन पल्ट आशीर्वाद दियौ।

नहेम्याह 13:2

किनभने तिनीहरूले इस्राएलीहरूलाई रोटी र पानीद्वारा स्वागत जनाएका थिएनन् र तिनीहरूलाई श्राप दिनलाई तिनीहरूको विरूद्ध बलामलाई ज्यालामा ल्याएका थिए। तर परमेश्वरले श्रापलाई वरदानमा परिणत गरिदिनुभयो।

भजनसंग्रह 109:17

त्यस दुष्ट मानिसले अरूकोलागि नराम्रो होस भन्ने इच्छा गर्यो अनि सराप्यो। त्यसले कहिल्यै पनि अरूहरूको निम्ति राम्रा कुराहरू चिताएन। यसैले त्यसप्रति पनि राम्रो कुरा हुन नदेऊ।

Interlinear

Choose Theme