Home Bibles ☰ Books गन्ती 20:2 · नेपाली बाइबल
गन्ती 20:2 · नेपाली बाइबल

त्यस ठाँउमा समुदायको निम्ति पानी थिएन यसकारण मानिसहरू मोशा र हारूनलाई आरोप लगाउन भेला भए।

Cross references

प्रस्थान 15:23

तीन दिनपछि ती मानिसहरू मारामा आइपुगे। मारामा पानी त थियो तर पिउँन नसकिने तीतो थियो। (यसकारण मानिसहरूले त्यस ठाउँको नाउँ मारा राखे।)

प्रस्थान 16:2

इस्राएलका मानिसहरू फेरि गुनासो गर्न थाले। मानिसहरूले मरूभूमिमा मोशा र हारूनको विरूद्ध गुनासो गरे।

प्रस्थान 16:7

तिमीहरूले परमप्रभुलाई गुनासो पोख्यौ अनि उहाँले त्यो गुनासो सुन्नु भयो। यसकारण भोलि बिहान तिमीहरूले उहाँको महिमा थाह पाउनेछौ। तिमीहरू हामीहरूसंग गन-गन गरिरहन्छौ र हुन सक्छ अब हामीले केही आराम पाउँने छौं।”

प्रस्थान 16:12

“मैले इस्राएलीहरूको गुनासो सुनेको छु। यसर्थ तिनीहरूलाई भन, ‘तिनीहरूले आज रातीमासु खानेछन् र बिहान रोटी खानेछन्। तब तिमीहरूले जान्नेछौ म नै परमप्रभु तिमीहरूको परमेश्वर हुँ।”‘

प्रस्थान 17:1

सीनैको मरूभूमिबाट सबै इस्राएली दलसंगै यात्रा गरे। परमप्रभुको आज्ञा अनुसार तिनीहरू एक ठाउँदेखि अर्को ठाउँ यात्रा गरे। जब तिनीहरू रपीदीम पुगे त्यही छाउनी बनाए। त्यस ठाउँमा मानिसहरूको निम्ति पिउने पानी थिएन।

प्रस्थान 17:2

यसर्थ तिनीहरू मोशाको विरोधमा कुरा गर्न लागे अनि तिनीहरूले भने, “हामीलाई पिउने पानी देऊ।”मोशाले तिनीहरूलाई भने, “तिमीहरू किन मसित बहस गर्छौ? किन परमप्रभुको परीक्षा लिन्छौ?”

गन्ती 11:1

जब मानिसहरूले परमप्रभु अघि एकदमै गनगनाउन थाले, परमप्रभु त्यो सुनेर उहाँ क्रोधित हुनु भयो र तिनीहरूको विरूद्धमा आगो पठाउनु भयो। अनि त्यस आगोले छाउनीको केही किनाराहरू पनि जलायो।

गन्ती 14:2

इस्राएलका सबै मानिसहरूले मोशा र हारूनको विरूद्धमा गनगनाए। सबै मानिसहरूले तिनीहरूलाई भने, “यदि हामी मिश्रदेशमा नै अर्थात् यो मरूभूमिमा मरेको भए राम्रो हुनेथियो।

गन्ती 14:9

यसर्थ परमप्रभु-विरूद्ध बिलाप नगर, त्यस भूमिका मानिसहरूसित नडराऊ किनभने हामी तिनीहरूलाई सजिलै जित्नेछौं। तिनीहरूको सुरक्षा तिनीहरूबाट हरण गरिएको छ। तर हामीसित भने परमप्रभु हुनुहुन्छ, तिनीहरूसित नडराऊ।”

गन्ती 16:3

तिनीहरू मोशा र हारूनको विरोध गर्न जम्मा भए अनि तिनीहरूलाई भने, “तपाईंहरू हाम्रो अगुवाहरू भएको अब हामीलाई पूरा भयो! सम्पूर्ण समुदाय पवित्र छन् अनि परमप्रभु हाम्रो माझमा हुनुहुन्छ। तपाईंहरू किन आफैंलाई परमप्रभुका अरू मानिसहरू भन्दा उच्चाको सम्झनु हुन्छ?”

गन्ती 16:19

कोरहले सबै आफ्ना मानिसलाई भेला गरेर भेट हुने पालको प्रवेशद्वारमा उभिए। तब परमप्रभुको महिमा सबै मानिसहरू कहाँ प्रगट भयो।

गन्ती 16:42

सम्पूर्ण समुदाय मोशा र हारूनको विरोध गर्न भेला हुँदै गर्दा तिनीहरूले भेट हुने पाल तर्फ हेरे अनि देखे कि पाललाई बादलले ढाक्यो र त्यहाँ परमप्रभुको महिमा देखा पर्यो।

गन्ती 21:5

मानिसहरूले परमेश्वर र मोशाको विरोधमा कुरा गरे। तिनीहरूले भने, “यो मरूभूमिमा मर्नुको निम्ति किन हामीलाई मिश्र देशबाट ल्याइयो? कारण यहाँ न त पानी छ न रोटी। तुच्छ खाना अथवा रोटी खाँदा खाँदा वाक्क भई सक्यो।”

1 कोरिन्थी 10:10

अनि तिनीहरू मध्ये कतिले गरे जस्तो गन्‌गन् पनि नगर अनि तिनीहरू संहारकर्ता स्वर्गदूतद्वारा मारिए।

Interlinear

Choose Theme