तर अन्य मानिसहरू भेट हुने पालको नजीक जानु हुँदैन। यदि गए तिनीहरू मारिनु पर्छ।
Cross references
हारून र तिनका छोराहरू जति बेला भेट हुने पालभित्र पस्छन् तिनीहरूले त्यो लुगा लाउनु पर्छ। पूजाहारी भई काम गर्न जुन बेलामा पनि तिनीहरू पवित्र स्थानको वेदी नजिक जान्छन् तिनीहरूले त्यो पोशाक लगाएको हुनुपर्छ। यदि तिनीहरूले ती वस्त्रहरू धारण नगरी त्यसरी भित्र पसे दोषी भई मर्ने छन्। यी सब हारून अनि तिनका भावी सन्तानको निम्ति सदा-सर्वदाका लागि पालन गरिनु पर्ने नियम हुनेछन।”
“कुने मानिसले आफ्नो काकाको पत्नीसित लैंगिक सम्बन्ध राख्नु हुँदैन किनभने यसो गर्नु आफ्नो काकासित लैंगिक सम्बन्ध राखे जस्तै हो। तिनीहले पापको लागि दण्ड भोग्नैपर्छ। तिनीहरू अपुताली नै मर्नेछन्।
“मैले आदेश गरेअनुसार पूजाहारीले गर्नुपर्छ जसले गर्दा तिनीहरू धेरै सजग बस्नु पर्छ। पवित्र चीजहरू तिनीहरूले गर्दा अपवित्र नहुन्। यदि तिनी सजग हुन्छन् भने, तिनीहरू मर्दैनन्। म परमप्रभुले यही विशेष कर्मको निम्ति तिनीहरूलाई अरू मानिसहरूबाट छुट्याएको छु।
जब तिमीले पवित्र पाल सार्थ्यो लेवीहरूले यसलाई तल झार्नु पर्थ्यो जब तिमीहरू रोकिने छौ, लेवीहरूले यसलाई स्थापित गर्नु पर्थ्यो। कुनै जो विदेशी नजिक आउँछ त्यसलाई मार्नु पर्छ।
“हारून र तिनका छोराहरूलाई पूजाहारी रूपमा नियुक्त गर अनि तिनीहरू बाहेक अन्य कुनै पनि व्यक्ति त्यस पवित्रस्थानमा पस्न चेष्टा गरे त्यो अवश्य मारिनु पर्छ।”
पवित्र स्थानको पूर्व पट्टि भेट हुने पालको सम्मुख घाम झुल्किने पट्टि मोशा, हारून अनि तिनका छोराहरूले शिविर बसाले। इस्राएली मानिसहरूको निम्ति तिनीहरूले पवित्र स्थान इलाकाको सुरक्षा गरिरहेका थिए। कुनै पनि व्यक्ति जो पवित्र स्थानको नजीक आँउथ्यो त्यसलाई मारिन्थ्यो।
तर तिमी र तिम्रो छोराहरू मात्र पूजाहारीको रूपमा सेवा गर्नलाई अनि वेदीको छेउ र पर्दाभित्र जान अनि म तिमीलाई एउटा उपहार दिंदैछु, त्यो तिम्रो पूजाहारीत्व। तर यदि कुनै व्यक्ति पवित्र स्थानको नजिकमा आयो भने त्यो मारिओस्।”