Home Bibles ☰ Books गन्ती 17:11 · नेपाली बाइबल
गन्ती 17:11 · नेपाली बाइबल

यसर्थ मोशाले परमप्रभुको आज्ञा अनुसार काम गरे।

Cross references

लेवी 16:15

“तब हारूनले मानिसहरूकोलागि पापबलिको बलि दिनेछ। हारूनले पर्दा पछाडीको कोठामा बोकोको रगत ल्याउनु पर्छ। उसले साँढेको रगतले जे गरेको थियो बोकाको रगतले पनि त्यसै गर्नु पर्छ। उसले विशेष आवरणअघि अनि माथि बोकाको रगत छर्कनु पर्छ।

लेवी 16:16

यसरी हारूनले महा पवित्रस्थान शुद्ध पार्ने काम गर्छ। इस्राएलका मानिसहरूलाई शुद्ध पार्न हारूनले यी सब कार्य गर्नु पर्छ। तिनीहरूले धेरै पापहरू गर्छन् र तिनले भेट हुने पालको निम्ति पनि यस्तो कार्यहरू गर्नु पर्छ कारण यो धेरै अशुद्ध मानिसहरूमाझमा छ।

गन्ती 11:33

यद्यपि तिनीहरूको दाँतले मासु चपाउँदै थिए र तिनीहरूले यो खाई सक्नु अघि परमप्रभु तिनीहरूसित अतिनै क्रोधित हुनुभयो र परमप्रभुले तिनीहरूमाथि डर लाग्दो हैंजा फैलाइदिनु भयो।

2 इतिहास 19:10

तपाईंहरूले हत्या, नियम, आदेश, विधि वा केही अन्य नियमको बारेमा मुद्दा पाउनु हुनेछ। यी सबै मुद्दाहरू तपाईंहरूका शहरहरू तिर बस्ने तपाईंका भाइहरूबाट आउने छन्। तिमीहरूले मानिसहरूलाई चेताउनी दिनु पर्छ। तिम्रा सबै मुद्दाहरूको शिक्षाहरू पालन गर्नु पर्छ। नत्रभने तिनीहरू परमेश्वरको सामुन्ने दोषी हुनेछन्। यदि तिमीहरूले विश्वासयोग्य भएर सेवा गर्दैनौ भने परमप्रभु तिमीहरू अनि तिमीहरूको दाज्यू-भाईहरूसित क्रोधित हुनुहुनेछ। यस्तो गर्नुहोस् तब तपाईंहरू दोषी हुनुहुने छैन।

Interlinear

Choose Theme