Home Bibles गन्ती 16:2 · नेपाली बाइबल
गन्ती 16:2 · नेपाली बाइबल

इस्राएलका 250 मानिसहरू साथमा लिएर मोशाको विरोधमा गए। ती 250 मानिसहरू नाम चलेका तथा नेताहरू थिए।

Cross references

उत्पत्ति 6:4

यस पृथ्वीमा नपील मानिसहरु त्यस समय र त्यसपछि पनि थिए। परमेश्वरका छोराहरुले जब मनुष्य कन्याहरुसित शारीरिक सम्बन्ध राखे तिनीहरुले परमेश्वरका छोराहरुका नानीहरु जन्माए। तिनीहरु प्राचीन समयबाट नै प्रसिद्ध लडाकुहरु थिए।

गन्ती 1:16

यी सबै मानिसहरू यिनीहरूको कुल समूहका अगुवाहरू थिए र मानिसहरूले नै यिनीहरूलाई आफ्नो आफ्नो कुल समूहका अगुवा बनाए।

गन्ती 12:1

मरियम र हारूनले मोशाको विरूद्धमा आलोचना गरे किनभने तिनले एउटी कूशी महिलासित विवाह गरे।

गन्ती 26:9

एलीआबका छोराहरू नमूएल, दातान र अबीराम थिए। यी तिनै दातान र अबीराम हुन् जसलाई समुदायबाट चुने अनि तिनीहरू नै मोशा र हारूनको विरोधमा गए। जब तिनीहरूले परमप्रभुको विरोध गरे दातान र अबीराम कोरहको अनुयायीहरूको वीचमा थिए।

गन्ती 27:3

“हाम्रा पिता मरूभूमिमा मर्नुभयो। उहाँ कोरहका अनुयायीहरू जो परमप्रभुको विरूद्धमा गए, तिनीहरूसित हुनु हुँदैन थियो। उहाँ पुत्रहीन हुनुहुन्थ्यो र आफ्नै पापले मर्नुभयो।

1 इतिहास 5:24

मनश्शेका आधा कुल समूहका मुख्य मानिसहरू यी थिएः एपेर, यिशी, एलीएल, अज्रीएल, यिर्मयाह होदबियाह अनि यहदीएल। ती सबै बलवान र साहसी मानिसहरू थिए। ती प्रसिद्ध मानिसहरू थिए अनि तिनीहरू आफ्ना परिवारहरूका प्रमुख अगुवा थिए।

1 इतिहास 12:30

एप्रैम कुल समूहबाट 20,800 मानिसहरू थिए। तिनीहरू साहसी सैनिकहरू थिए। तिनीहरू आफ्ना गोत्र अनुसार प्रसिद्ध मानिसहरू थिए।

इजकिएल 16:14

तिम्रो सुन्दरताले गर्दा तिमी विख्यात भयौ। यो सब यसकारण भयो किनकि मैले तिमीलाई ज्यादा राम्री बनाए।”‘ परमप्रभु मेरो मालिकले यी कुराहरू भन्नुभयो।

इजकिएल 23:10

तिनीहरूले त्यसलाई बलात्कार गरे। तिनीहरूले त्यसको नानीहरू लिए अनि तिनीहरूलाई तरवारले मारे। तिनीहरूलाई दण्ड दिएँ अनि स्त्रीहरूले अहिले सम्म त्यसको कुरा गर्छन्।

Interlinear

Choose Theme