Home Bibles गन्ती 16:18 · नेपाली बाइबल
गन्ती 16:18 · नेपाली बाइबल

यसर्थ तिनीहरू प्रत्येकले धूपौरो लिएर त्यसमा बलेको कोइला हालेर धूप हाले अनि भेट हुने पालको प्रवेशद्वारमा मोशा र हारून संगै उभिए।

Cross references

लेवी 16:12

त्यसपछि परमप्रभुको अघि वेदीबाट हारूनले पर्दाको पछि कोठामा कोइला भरेको कराही ल्याउनु पर्छ अनि उसले धुलो पारेर पिंधेको दुई मुठ्ठी सुगन्धित धूप ल्याउनुपर्छ।

लेवी 16:13

परमप्रभुअघि उसले धूप आगोमा हाल्नु पर्छ। तब धूपको धूवाँले करारमाथि विशेष आवरणको रूपमा ढाक्ने छ। यस प्रकार हारून मर्ने छैन।

गन्ती 16:37

“पूजाहारी हारूनको छोरो एलाजारलाई भन कि उसले आगोमा रहेको धुपौराहरू हटाओस् र ती पवित्र भईसकेको धुपौराहरूबाट आगो वरिपरि छरी दिओस्।

गन्ती 16:48

तिनी जिउँदो र मरेको मानिसहरू बीचमा उभिए अनि महामरी रोकियो।

2 इतिहास 26:16

तर जब उज्जियाह शक्तिशाली भए तिनको घमण्डको कारणले तिनलाई नष्ट पार्थ्यो। तिनी परमप्रभु तिनका परमेश्वर प्रति विश्वसनीय थिएनन्। तिनी परमप्रभुको मन्दिर भित्र धूप बाल्ने वेदीमा धूप बाल्न गए।

Interlinear

Choose Theme