Home Bibles ☰ Books गन्ती 15:40 · नेपाली बाइबल
गन्ती 15:40 · नेपाली बाइबल

तब तिमीहरू परमेश्वरको विशेष ब्यक्तिहरू हुनेछौ कारण तिमीहरूलाई आज्ञाहरू पालन गर्न याद आइरहन्छ।

Cross references

लेवी 11:44

किनभने म परमप्रभु तिमीहरूको परमेश्वर हुँ। तिमीहरूले आफूलाई पवित्र राख्नु पर्छ। तिमीहरू पवित्र होऊ किनभने म पवित्र छु। तिमीहरू भूइँमा प्राणीहरूद्वारा अशुद्ध हुनु हुँदैन

लेवी 19:2

“इस्राएलका सबै मानिसहरूलाई भनः म परमप्रभु तिमीहरूको परमेश्वर हुँ। तिमीहरू सबै पवित्र होऊ, कारण म पवित्र छु।

भजनसंग्रह 103:18

परमेश्वर ती मानिसहरूका लागि असल हुनुहुन्छ जसले उहाँको करार पालन गर्छ। परमेश्वर ती मानिसहरूका लागि असल हुनुहुन्छ जसले उहाँको आदेश पालन गर्छन्।

रोमी 12:1

यसैले दाज्यू-भाइहरू र दिदी-बहिनीहरू, केही गर भनेर म बिन्ती गर्दछु। परमेश्वरले हामीलाई ठूलो दया देखाउनुभयो। यसकारण परमेश्वरलाई प्रसन्न गर्दै आफ्नो जीवनलाई जीवित बलिदानको रूपमा अर्पण गर। यही तिमीहरूको आत्मिक उपासना हो।

एफिसी 1:4

ख्रीष्टमा हुने हामीलाई पिता परमेश्वरले संसारको सृष्टि गर्नु भन्दा पहिल्यै छान्नुभयो किनभने परमेश्वरले आफ्नो सामुन्ने निर्दोष र पवित्र जन रहन सकौं भनी हामीलाई प्रेमले छान्नु भएको हो।

कलस्सी 1:2

कलस्सेमा बस्ने जो ख्रीष्टमा भएका पवित्र र विश्वासी दाज्यू-भाइ दिदी-बहिनीहरूलाई। तिमीहरूलाई हाम्रा पिता परमेश्वरबाट अनुग्रह र शान्ति मिलोस।

1 थिस्सलोनिकी 4:7

परमेश्वरले हामीलाई पवित्र भएर बस्न बोलाउनु भएको हो अपवित्रतामा होइन।

1 पत्रुस 1:15

तर परमेश्वर जस्तै पवित्र होऊ अनि तिमीहरुले गर्ने सबै कुरामा पवित्र बन। परमेश्वर एक हुनुहुन्छ जसले तिमीहरुलाई बोलाउनुभयो।

Interlinear

Choose Theme