तब मोशाले परमप्रभुलाई भने, “मिश्र देशवासीहरूले यदि यो कुरा चाल पाए के भन्लान्? कारण तपाईंले नै यिनीहरूलाई आफ्नो शक्तिको प्रभावले तिनीहरूको माझबाट ल्याउनु भएको हो।
Cross references
तर मोशाले परमप्रभु उसका परमेश्वरलाई शान्त गराए अनि भने, “हे परमप्रभु तपाईंका आफ्नै मानिसहरूसित चाँडै क्रोधित नहुनुहोस्। तपाईंले यी मानिसहरूलाई मिश्रबाट तपाईंका विशाल अद्भुत शक्ति र बल प्रयोग गरेर बाहिर ल्याउनु भयो।
मैले परमप्रभुलाई प्रार्थना गरेर भनें, ‘हे परमप्रभु मेरा मालिक! यी मानिसहरूलाई तपाईंले मिश्र देशबाट आफ्नो पराक्रम तथा शक्तिमा छुटाएर ल्याउनु भयो। यिनीहरू तपाईंका आफ्ना मानिसहरू हुन र यिनीहरूलाई नष्ट नगर्नुहोस्।
तर म जान्दछु, तिनीहरूका शत्रुहरूले के भन्नेछन्। शत्रुहरूले बुझ्ने छैनन्। तिनीहरू सेखी गर्नेछन् अनि भन्नेछन्, “परमप्रभुले इस्राएललाई नष्ट गर्नुभएन हामीले हाम्रै शाक्तिले जित्यौं।”‘
परमप्रभु म मेरो प्राण द्वारा शपथ गर्छु। अब मैले भन्न सक्ने केही छैन। इस्राएलले शत्रुहरूको समक्ष समर्पण गरेको छ।
कनानी मानिसहरू अनि यो देशका अन्य सबै मानिसहरूले जे भयो त्यस बारे सुन्ने छन्। तब तिनीहरूले हामीलाई आक्रमण गर्नेछन् र हामी सबैलाई मार्नेछन्। तब तपाईंको महान नाउँको रक्षा गर्नका निम्ति तपाईं के गर्नु हुनेछ?”
परमेश्वरले ती मानिसहरूलाई नष्ट गर्न चाहनु हुन्थ्यो। तर परमेश्वरले चुन्नु भएको दास मोशाले, बाटो छेके। परमेश्वर अत्यन्त रिसाउनु भयो, तर मानिसहरूमाथि परमेश्वरको रीस रोक्नुको निम्ति मोशाले बाटोहरू बन्द गरिदिए। यसैले परमेश्वरले मानिसहरूलाई नष्ट गर्नु भएन।
तर मैले तिनीहरूलाई नष्ट गरिनँ। मैले मानिसहरूलाई पहिला नै भनिसकेको थिएँ कि म आफ्नो मानिसहरूलाई मित्रबाट बाहिर लिएर जान्छु। म आफ्नो राम्रो नाम बद्नाम गर्न चाँहादिन। यसकारण मैले तिनीहरूको सामु इस्राएलीहरूलाई नष्ट गरिनँ।
तर मैले तिनीहरूलाई नष्ट गरिन। अन्य राष्ट्रले मलाई इस्राएललाई मिश्रबाट बाहिर ल्याउँदै गरेको देख्यो। म आफ्नो राम्रो नाम समाप्त गर्न चाहँदिन। यसकारण मैले ती राष्ट्रहरूको सामने इस्राएललाई नष्ट गरिन्।