Home Bibles गन्ती 12:10 · नेपाली बाइबल
गन्ती 12:10 · नेपाली बाइबल

बादल पालबाटमाथि उठ्‌यो। हारूनले मारियमतिर हेरे अनि देखे कि तिनको छाला हिऊँ झैं सेतो भएको थियो अनि त्यो तिनलाई भयंङ्कर चर्म रोग लाग्यो।

Cross references

प्रस्थान 4:6

त्यसपछि परमप्रभुले मोशालाई भन्नुभयो, “म तिमीलाई अर्को एउटा प्रमाण दिनेछु। आफ्नो लुगाभित्र हात हाल।”यसर्थ मोशाले लगाएको लुगा खोले अनि आफ्नो हात त्यसभित्र हाले। तब मोशाले उसको हात लुगाबाट बाहिर निकाल्दा उसको हात सेतो हिउँ जस्तो दागै दाग भएको पाए।

प्रस्थान 33:7

मोशाले छाउनी केही अघि लगे अनि छाउनी त्यहाँ बसाले अनि त्यसलाई “भेट हुने पाल”नाउँ दिए। कुनै मानिस जसले परमप्रभुबाट केही माग्ने इच्छा गर्छ ऊ भेट हुने पालमा जानु पर्थ्यो जो छाउनी बाहिर थियो।

लेवी 13:2

“यदि कुनै मानिसको आफ्नो शरीरको छालामा कुनै वर्णान्तर दाग, विफिरा अथवा कुनै घाउ छ भने त्यसबाट कुनै हानिकारक चर्म रोग हुन सक्ने सम्भावना रहे उसलाई हारून अथवा तिनका पूजाहारी छोराहरू भएको ठाउँमा लैजानु पर्छ।

लेवी 13:10

यदि पूजाहारीले जाँच गर्दा रोगीको छालामा सेतो सुनिएको पाउनु भयो र त्यसको रौं सेतो भएको र सुनिएको ठाँमा आलो घाउ रहेछ भने,

लेवी 13:13

पूजाहारीले जाँच गरेर उसलाई शुद्ध ठहराउन सक्छन् कारण ऊ सेताम्मे भएको हुन्छ र ऊ शुद्ध हो।

व्यवस्था 24:9

परमप्रभु तिमीहरूका परमेश्वरले मिश्रबाट बाहिर आउँदा मरियमका लागि के गर्नु भएको थियो सम्झना गर।

2 राजा 5:27

अब, तँ र तेरो नानीहरूले नामानको रोग पाउने छौ। तँलाई सँधैका लागि कुष्ठ हुनेछ।”जब गेहजीले एलीशालाई छोडयो, गेहजीको छाला हिउँ जस्तो सेतो भयो। गेहजी कुष्ठको रोगी भयो।

2 राजा 15:5

परमप्रभुले राजा अजर्याहलाई कोर लागेको रोगी बनाउनुभयो। उनी बाचुन्जेलसम्म कोरी भए। अजर्याह बेग्लै घरमा बस्ने गर्दथे। राजाका छोरा योताम राजाको महलको हेरचाह गर्दथे अनि मानिसहरू न्याय विचार गर्दथे।

2 इतिहास 26:19

तर उज्जियाह क्रोधित भए। तिनको हातमा धूप दानी थियो। जब उज्जियाह पूजाहारीहरूसित खूबै रिसाएका थिए त्यस बेला तिनको निधारमा कोर रोग निस्कियो। यो घटना परमप्रभुको मन्दिरको धूप बाल्ने वेदीको छेउमा पूजाहारीहरूको सामुन्ने घट्‌यो।

इजकिएल 10:4

तब परमप्रभुको महिमा करूब स्वर्गदूतबाट अलग भएर मन्दिरको ढोकामा गयो। बादल मन्दिरमा भरियो अनि परमप्रभुको महिमाले चोक पूरै भरियो।

इजकिएल 10:18

त्यसपछि परमप्रभुको महिमा मन्दिरको सँघारबाट उठ्‌यो अनि करूब स्वर्गदूतहरूको स्थानमाथि गएर रोकियो।

होशे 9:12

तर इस्राएलीले छोरा-छोरी पाएर हुर्काए तापनि एउटै बालक पनि नरहने गरि म तिनीहरूलाई निःसन्तान तुल्याउने छु, म उनीहरूलाई त्यागिदिने छु अनि विवादमा फसाउँनेछु।

मत्ती 25:41

“त्यसपछि आफ्नो देब्रेपट्टि बसेका मानिसहरूलाई राजाले भन्नेछन्, ‘मदेखि दूर भई जाओ। परमेश्वरले अधिनै तिमीहरूलाई दण्ड दिने निश्चय गर्नु भएको छ। जाऊ सँधै जलिरहने आगोमा पस। त्यो आगो दुष्टहरू र तिनीका दूतहरूकालागि बालिएको हो।

Interlinear

Choose Theme