Home Bibles ☰ Books गन्ती 11:14 · नेपाली बाइबल
गन्ती 11:14 · नेपाली बाइबल

यी मानिसहरूको हेरचाह गर्न म आफै योग्य छैन् कारण ममाथि जिम्मावारी एकदमै बेशी भयो।

Cross references

प्रस्थान 18:18

एक्लो मानिसको निम्ति यो वेशी काम हो। तिमी एक्लै यी सबै कार्यहरू गर्न सक्तैनौ, तिमी थाक्छौ अनि मानिसहरू पनि थाक्छन्।

व्यवस्था 1:9

मोशाले भने, “त्यस समयमा मैले भनेको थिएँ म तिमीहरूको हेरचाह गर्नु सक्तिनँ।

भजनसंग्रह 89:19

एक पल्‍ट तपाईंले आफ्‍ना पवित्र जनहरूसित दर्शनमा बोल्‍नुभयो, र भन्‍नुभयो, मैले एक योद्धालाई बल प्रदान गरेको छु, मैले मानिसहरूबाट एउटा युवकलाई उच्‍च पारेको छु।

यशैया 9:6

कुनै विशेष बालक जन्मदा त्यस्तो घट्ना हुनेछ। परमेश्वरले हामीलाई एउटा पुत्र दिनु हुनेछ। त्यही बालकले मानिसहरूमाथि शासन गर्ने जिम्मेवारी लिनेछ। उहाँका नाउँ “अचम्मका सल्लहाकार, पराक्रमी परमेश्वर, सनातनका पिता, शान्तिका राजकुमार कहलाउनु हुनेछ।”

जकरिया 6:13

हो, उसले परमप्रभुको मन्दिर निर्माण गर्नेछ अनि सम्मान गरिनेछ। यो आफ्नो सिंहासनमा बस्नेछ ऊ शासन गर्नेछ। ऊ उसको सिंहासनमा पूजाहारी हुनेछ र उसले तिनीहरूको बिचमा शान्तिको कार्य गर्नेछ।’

2 कोरिन्थी 2:16

मानिसहरू जो नष्ट गराइदैंछ तिनीहरूको लागि हामी मृत्युको गन्ध हौं जसले मृत्यु ल्याँउछ। तर बचाइनेहरूलाई हामी जीवनका गन्ध हौं जसले जीवन ल्याउँदछ। यसकारण यस कार्यको निम्ति को योग्य छ?

Interlinear

Choose Theme