Home Bibles गन्ती 10:28 · नेपाली बाइबल
गन्ती 10:28 · नेपाली बाइबल

यसरी नै इस्राएलका मानिसहरू एक ठाँउदेखि अर्को ठाँउ बसाँई सर्दै थिए।

Cross references

गन्ती 2:34

यसर्थ इस्राएली मानिसहरूले मोशालाई परमप्रभुले दिनुभएको आज्ञा अनुसार प्रत्येक कुरो गरे। यसरी नै तिनीहरूले आफ्नो-आफ्नो झण्डा नजीकै शिविर बनाए अनि त्यसरी नै आफ्नो-आफ्नो वंश र परिवार अनुसार तिनीहरू लस्करमा हिंडे।

गन्ती 10:35

शिविर सार्नलाई जब मानिसहरूले पवित्र सन्दूक उठाँउथे, मोशाले सँधैं भन्थे,“हे परमप्रभु उठ्नुहोस्, तपाईंको शत्रुहरू छरपष्ट होउन्। तपाईं देखि तपाईंका शत्रुहरू भागून्।”

गन्ती 24:4

म यो वाणी परमेश्वरबाट सुन्छु। परमेश्वर सर्वशक्तिमानले जे देखाउनु भयो मैले त्यो देखें। म जो स्पष्ट देख्छु त्यो विनम्र भई भन्छु।

श्रेष्ठगीत 6:10

ती कन्या स्त्री को हुन्? अरूणोदय झैं चम्कन्छिन् जुनझैं सुन्दरी छिन्। तिनी घामझैं चहकिली छिन् तिमी एउटा झण्डा बोक्ने डरलाग्दा सेनाझैं साहासी छौ।

1 कोरिन्थी 14:33

किनभने परमेश्वर गोलमालको परमेश्वर हुनु हुन्न, तर शान्तिका परमेवश्वर हुनु हुन्छ।

1 कोरिन्थी 14:40

तर प्रत्येक कुरो राम्रो र व्यवस्थित ढंगले गरिनु पर्छ।

कलस्सी 2:5

म तिमीहरूसित त्यहाँ छैनँ तर मेरो हृदय त्यहीं छ। तिमीहरूले असल जीवनधान्न शूरू गरेको र ख्रीष्टमा दरिलो विश्वास राखेको देखेर म आनन्दित छु।

Interlinear

Choose Theme