अन्तमा दान कुल समूहका मानिसहरू तीन दलहरूमा आफ्नो झण्डा लिएर अघि बढे। यसमा पहिलो दलहरू दान कुलका मानिसहरू थिए। यस दलहरूको नायक अम्मीशद्दैका छोरो अहीएजेर थिए।
Cross references
“दानले इस्राएलका अरू कुलहरूले झैं आफ्ना मानिसहरूको न्याय गर्ने छ।
दानको कुलबाट अम्मीशद्दैको छोरो अहीएजेर;
“उत्तर तिर भएको दानको शिविरमा भएका मानिसहरू तिनीहरूको आफ्नो झण्डा मुनि रहनेछन् अनि तिनीहरूको अगुवा अम्मीशद्दैको छोरो अहीएजर हुन।
“दान परिवार दलमा मानिसहरूको कुल संख्या 1,57,600 छ। तिनीहरू आफ्नो-आफ्नो झण्डा लिएर अन्तिम लस्करमा हिड्नेछन्।”
दर्शों दिन दान कुलका नायक अम्मीशद्दैको छोरो अहीएजेरले आफ्नो उपहार चढाए। तिनले चढाएको उपहार यस प्रकारको थियो।
दानका कुलसमूह यिनीहरू हुन्; सूहामबाट शूहामीहरूको कुलसमूह
“जब तिमीहरू मिश्रबाट आउँदै थियौ, सम्झना गर अमालेकीहरूले के गरेका थिए।
सैनिकहरू हात हतियार सहित ती पूजाहारीहरूका अघि-अघि हिंडे जो तुरही बजाउँदै थिए। अनि पछाडिका रक्षकहरू पवित्र सन्दूकको पछि पछि हिंडे। यसरी तिनीहरू पैदल हिंडदै अनि तुरही बजाउँदै शहर वरिपरि हिंडे।
तिमीहरू कैदबाट मुक्त हुनेछौ, तर तिनीहरूले तिमीहरूलाई छोडन हतार गर्दैनन्। तिमीहरू बलपूर्वक खेदिनेछैनौ। तिमीहरू हिँडनेछौ अनि तिमीहरूसँग परमप्रभु हिँडनुहुनेछ। परमप्रभु तिमीहरूका सामुने जानुहुनेछ अनि इस्राएलका परमेश्वर पछिल्तिर हुनुहुनेछ।
यदि तिमीहरूले त्यसो गर्यौ भने तिम्रो ज्योति प्रात कालमा चम्किने उज्यालो जस्तै हुनेछ। तिमीहरूका घाउहरू सबै निको हुनेछन्। तिमीहरूका “सद्भावना” तिमीहरू कै समक्ष हिंडनेछ अनि परमप्रभुको महिमाले तिनीहरूलाई पछ्याउँदै पछि पछि आउनेछ!