Home Bibles नहेम्याह 4:17 · नेपाली बाइबल
नहेम्याह 4:17 · नेपाली बाइबल

भारी बोक्नेहरूले एकहातले भार थामी अर्कोहातले हतियार समाती काम गरे।

Cross references

नहेम्याह 4:13

तब मैले मानिसहरूलाई पर्खालको पछि सब भन्दा तल्लो खुल्ला ठाउँमा राखें र तल्लो खुल्ला भूमिहरूमा पठाए। मैले मानिसहरूलाई तिनीहरूको परिवार अनुसार तरवार, भाला अनि धनुहरूसित तैनाथ गराएँ।

श्रेष्ठगीत 3:8

तिनीहरू सबै प्रशिक्षित सेनाहरू हुन्, रातमा आईपर्ने कुनै पनि विपत्तीको सामना गर्न तिनीहरू तत्पर छन्।

दानियल 9:25

“त्यसपछि यो जान र बुझ, यरूशलेमको पुनप्राप्ति र पुननिर्माण हुनेछ भन्ने वचन निस्केको समयदेखि एक अभिषिक्त जन, एक राजकुमार देखा परेको समय सम्म सात हप्ता बित्नेछ। त्यसपछि बैसठ्ठी हप्ता सम्म गल्ली र नाला समेत पुनप्राप्ति र पुर्ननिर्माण भइसकेको अवस्थामा रहनेछ।

योएल 2:8

उनीहरु एक अर्कामाथि ठेलाठेल गर्दैनन्। प्रत्येक सेना आफ्नो बाटोमा हिंड्छन्। यदि कुनै सेनालाई चोट लागेर लडे पनि अरु सेनाहरु अघि बढि रहन्छन्।

1 कोरिन्थी 9:12

जब तिमीहरूबाट सहायता पाउन अरूले अधिकार प्रयोग गर्छन् भने के हामी त्यो भन्दा अधिक अधिकार खोज्न सक्तैनौ? तर हामी अधिकार माग्दैनौं। हामी सबै चीज सहन गर्छौ ताकि ख्रीष्टको सुसमाचार पालन गर्न कोही पनि विरोधी नहोस्।

1 कोरिन्थी 16:9

किनभने त्यहाँ प्रभावपूर्ण कार्यको एउटा विशाल मौका हात लाग्नेवाला छ। अनि धेरैजना त्यस कार्यको विरोधमा पनि काम गर्दैछन्।

1 कोरिन्थी 16:13

सावधान बस। विश्वासमा दरिलो बन्दै बस। साहसी हौ र दृढ बन।

2 कोरिन्थी 6:7

हामी पवित्र आत्माबाट, साँचो प्रेमबाट, सत्य प्रचार गर्दै र परमेश्वरको शक्ति मार्फत यस्तो देखाँउछौं। हरेक कुराबाट आफ्नो रक्षा गर्न हामी धार्मिक जीवनको उपयोग गर्छौं।

एफिसी 6:11

परमेश्वरले दिएको पूर्ण हातहतियार लगाऊ ताकि तिमीहरूले शैतानको कुचालको सामना गर्न सक्छौ।

फिलिप्पी 1:28

अनि आफ्ना विरोधीहरूसित तिमीहरू कुनै प्रकारले पनि डराउने छैनौ। यी सब परमेश्वरका प्रमाणहरू हुन् कि तिमीहरू बचाइनेछौ र तिमीहरूका शत्रुहरू हराइनेछन्।

2 तिमोथी 2:3

हाम्रो दुःखको भागीदार बन। ख्रीष्ट येशूको सच्चो सिपाहीले जस्तो दुःखलाई स्वीकार गर।

2 तिमोथी 4:7

मैले लडाईं लडेको छु र दौड सिद्धाएको छु। मैले विश्वास बचाइ राखेकोछु।

Interlinear

Choose Theme