Home Bibles नहेम्याह 2:7 · नेपाली बाइबल
नहेम्याह 2:7 · नेपाली बाइबल

तब मैले राजालाई भनें, “यदि यसले राजालाई खुशी पार्छ भने यूफ्रेटिस नदी पश्चिमका राज्यपालहरूलाई सम्बोधित पत्रहरू मलाई दिइयोस्, ताकि तिनीहरूले मलाई यहूदा नपुगुञ्जेल नदी पारी सम्म जान दिनेछन्।

Cross references

एज्रा 6:6

अब तिमी, यूफ्रेटिस नदीपारी, पश्चिमको प्रदेशका प्रशासक तत्तनै अनि शत्तर-बोज्नै, अनि तिनीहरूका सरकारी मानिसहरू, नदीपारीको प्रदेशका निरीक्षकहरू, त्यहांबाट टाढा बस परमेश्वरको मन्दिरको काममा दिक्दारी नदेऊ।

एज्रा 7:21

म, राजा आर्ट-जारसेजले यो आदेश पनि ती कोषाध्यक्षहरूलाई दिदंछु जो यूफ्रेटिस नदीपारिका प्रदेशमा छन् कि पूजाहारी, स्वर्गका परमेश्वरका एक विद्वान एज्राले जे भने पनि त्यसलाई पुर्ण परिश्रम सहित गर।

एज्रा 8:22

किनभने यात्रामा हामीलाई शत्रुहरूबाट सुरक्षित राख्नको निम्ति राजासंग सैनिक अनि घोडसवारहरूको माग गर्नमा लज्जित थियौं। किनभने हामीले राजालाई भनेको थियौ, “हाम्रा परमेश्वरले ती सबैलाई सहायता गर्नु हुन्छ, जो उहाँ प्रति विश्वास गर्छन् तर उहाँ तिनीहरू प्रति अति क्रोधित हुनुहुन्छ, जो उहाँदेखि टाढा हुन्छन्।”

एज्रा 8:36

तिनीहरूले राजाका आदेश पनि राज अधिकारीहरू अनि नदीपारीका प्रशासकहरूलाई दिए। तब तिनीहरूले यी अधिकारीहरूले प्रशासकहरू अनि इस्राएलका मानिसहरूले परमेश्वरको मन्दिरलाई सहयोग दिए।

नहेम्याह 2:9

यसकारण म यूफ्रेटिस नदी पश्चिमका राज्यपाल कहाँ गएँ, अनि तिनीहरूलाई राजाका पत्रहरू दिएँ। राजाले मेरो साथ सैनिक अधिकारीहरू अनि घोडसवारहरू पठाउनु भएको थियो।

Interlinear

Choose Theme