शत्रुले आफ्नो सर्वोत्तम सेनाहरुलाई बोलाइरहेका छन्। तर जब तिनीहरु बाटोमा कदम मिलाएर अघि बढ्छन् तब तिनीहरु धर्मराउँछन्। तिनीहरु भित्तातिर आतुरिंदै अघि बढ्छन् अनि तिनीहरुको रक्षा ढाल भित्ता भत्काउने यन्त्रमाथि राख्छन्।
Cross references
तिनीहरू कहिल्यै थाक्दैनन् अनि ध्वंश हुँदैनन्। तिनीहरू न त मन्द हुनेछन न सुत्नेछन्। तिनीहरूको पटुका कहिल्यै खुकुलो हुनेछैन। तिनीहरूको जुत्ताको तुना कहिल्यै चुडिंदैन।
मानिसहरू सोच्दछन् कि प्रत्येक कुरो ठीक छ। मानिसहरू रात्री भोजनको लागि टेबल ठीक पार्दैछन्।” सैनिकहरू पनि भन्दैछन्, “रक्षकहरू पठाऊ। अधिकारीहरू उठ अनि आफ्नो ढाल चम्काऊ।”
तिम्रो अपमान विषयमा जाति-जातिहरूले सुन्नेछन्। तिम्रो रूवाँई सारा पृथ्वीभरि सुनिने छ। एउटा ‘वीर सिपाही’ अर्को ‘वीर सिपाहीमाथि’ पल्टिनेछ अनि दुवै एकैचोटी लडछन्।”
काँडहरू हान्ने मानिसहरूलाई बोलाऊ, तिनीहरूलाई बाबेलमाथि काँड हान्नु भन। शहर घेराबन्दी गर भन। कसैलाई पनि नछोड। तिनीहरूका कुकर्मका फल देऊ। अन्य जातिहरूलाई जसो गरेकी थिई त्यसै गर, किनभने इस्राएलका एक मात्र पवित्र परमप्रभु विरूद्ध बाबेलले विद्रोह गरेको हो।
“भूमिमा युद्धको झण्डा उठाऊ। सबै जाति-जातिहरूमा युद्धको तुरही फुक। जातिहरूलाई बाबेलको विरूद्ध लडाइँ गर्नलाई तैयार पार। अरारत, मिन्नी र अशकनज राज्यहरूलाई बाबेलको विरूद्ध लडाइँ गर्न डाक। उसको विरोधमा सेना संचालन गर्न एकजना कप्तान नियुक्त गर। संख्यामा सलहसरह घोडाहरू त्यहाँ पठाऊ।
घोड-सवारले आक्रमण गरिरहेकाछन् र तिनीहरुका तरवारहरु चम्किरहेकाछन्, तिनीहरुको भालाहरु चम्किरहेकोछन्। त्यहाँ लाशको थुप्रो छ, अनगन्ती लाशहरु छरिएका छन्, मानिसहरु ती लाशहरुमा ठेस लागेर लरबराएकाछन्।
हे अश्शूरका राजा, तिम्रो गोठालाहरु निदाइरहेका छन्। ती शक्तिशाली मानिसहरु आराम गरिरहेकाछन् अनि तिम्रो मानिसहरु पर्वतमा घुमिरहेकाछन्। तिनीहरुलाई फर्काएर ल्याउने कोही छैन्।
तिनीहरुका घोडाहरु चितुवाहरु भन्दा पनि छिटो दौडने हुन्छन्। अनि सूर्य अस्ताएपछि निस्केका ब्वाँसाहरु भन्दा पनि डर लाग्दा हुन्छन्। उनीहरुका घोडसवार सैनिक सुदूर स्थानबाट आउँछन्। तिनीहरुले तिनीहरुको शत्रुहरुमाथि यस्तो आक्रमण गर्छन् जस्तो कि आकाशबाट चील शिकारमाथि हानिन्छ।