Home Bibles मत्ती 6:17 · नेपाली बाइबल
मत्ती 6:17 · नेपाली बाइबल

यसर्थ जब तिमीहरू उपवास बस्छौ, आफू राम्रो र असल भएर बस। आफ्नो मुख धोऊ।

Cross references

रूथ 3:3

“जाऊ नुहाइ-धुवाइ गर अनि राम्रो वस्त्र राम्ररी लगाऊ। अनि तल ढीकी कुट्ने ठाउँमा जाऊ। तर बोअजसित देखा नपर जबसम्म तिनले रातको भोजन गरि सक्तैनन्।

2 शमूएल 12:20

त्यसपछि दाऊद भुँइबाट उठे। आफू स्नान। लुगाहरू लगाएर तयार भए। त्यसपछि परमप्रभुको पवित्र स्थानमा आराधना गर्न गए। फर्केर आई खानेकुरा के छ भनेर मागे। नोकर चाकरले खाना टक्राए, तिनले खाए।

2 शमूएल 14:2

यसैले योआबले टुकोमाबाट एउटी ज्ञानी महिलालाई लिन भनेर दूतहरू पठाए। योआबले त्यस ज्ञानी महिलालाई भने, “दया गरी साह्रै शोकित अवस्थाको बहना गर। पहिरण पनि त्यस्तै लगाऊ। चिटिक्क पर्ने काम छैन। धेरै दिनदेखि आफन्त मरेर रोइरहेकी स्त्री झै अभिनय गर।

उपदेशक 9:8

राम्रो लगाउ र तिम्रो टाउकोमा, सुगन्धित तेल लगाउ।

दानियल 10:2

त्यस समय, म दानियल तीन हप्ता सम्म दुखी भएँ।

Interlinear

Choose Theme