Home Bibles मत्ती 5:30 · नेपाली बाइबल
मत्ती 5:30 · नेपाली बाइबल

यदि तिम्रो दाहिने हातले तिमीलाई पाप गराउँछ भने त्यसलाई काटेर फालिदेऊ। किनभने तिम्रो सम्पूर्ण शरीर नरकमा जानु भन्दा बरू तिम्रो अङ्गहरूमध्ये एउटा नष्ट हुनु तिम्रो निम्ति हितकारी हुनेछ।

Cross references

मत्ती 5:29

यदि तिम्रो दाहिने आँखाले तिमीलाई बाधा पुर्याउँछ भने, त्यसलाई निकालेर फालिदेऊ। किनभने तिम्रो सम्पूर्ण शरीर नरकमा पर्नु भन्दा बरु तिम्रा अङ्गहरूमध्ये एउटा नष्ट हुनु तिम्रो निम्ति हितकारी हुनेछ।

मत्ती 11:6

यदि कुनै मानिसले मलाइ ग्रहण गर्छ भने त्यो धन्यको हो।’

मत्ती 13:21

तर त्यो मानिसले त्यो सन्देशलाई गहनरूपले उसको जीवनमा पस्न दिदैन। त्यो उपदेशलाई त्यसले थोरै बेरसम्म मात्र आफ्नो जीवनमा राख्छ। उपदेशको कारणले जब उसले कष्ट र सतावटको सामना गर्नुपर्छ त्यसले तत्काल आफ्नो विश्वास गुमाउँछ।

मत्ती 16:23

तब येशूले पत्रुसतिर फर्केर भन्नुभयो, “तिमी म देखि टाढो जाऊ, शैतान! मेरो पक्षमा छैनौ। परमेश्वरले सोच्नु भएको जस्तो तिमीले सोच्दैनौ। तिमी मानिसहरूले सोचे जस्तै।”

मत्ती 18:6

‘यदि एउटा सानो बालकले ममाथि विश्वास राख्छ भने, अनि कसैले त्यो बालकलाई पापमा पार्छ भने त्यस मानिसको लागी अति नराम्रो हुनेछ। त्यसको निम्ति त घाँटीमा एउटा ठूलो जाँतो झुण्डयाएर स्वयंलाई अगाध समुद्रमा डुबाइदिनु असल हुनेछ।

मत्ती 22:13

अनि राजाले आफ्ना नोकहरूलाई भने, ‘त्यसका हात खुट्टा बाँधेर त्यसलाई अँध्यारोमा फलिदेऊ जहाँ मानिसहरू दुखले रूवाबसी गर्दै र दाह्रा किट्दै बस्छन्।’

मत्ती 25:20

पाँच तोडा पाउने नोकर पैसा लिएर मालिककहाँ आयो। त्यसले भन्यो, ‘महाशय, तपाईंले मलाई पाँच तोडा विश्वास गरेर जिम्म दिनुभएको थियो। यसकारण अरू पाँच तोडा कमाउनलाई मैले ती रूपियाँ काममा लगाएँ।’

मत्ती 26:31

येशूले चेलाहरूलाई भन्नुभयो, “आज मध्यरातमा मेरो कारणले तिमीहरूले आफ्नो विश्वास हराउनेछौ। किनभने यो धर्मशास्त्रहरूमा लेखिएको छ‘म गोठलोलाई प्रहार गर्नेछु, अनि बथानका भेडाहरू छरपष्ट हुनेछन्।’

मर्कूस 9:43

यदि तिमीहरूको हातले तिमीहरूलाई पाप गराउँछ भने, त्यसलाई काटिदेऊँ। तिमी दुबै हातसित नरकमा जानु भन्दा एउटै हात लिएर असल जीवन जीउनु चाँही उत्तम हो।

लूका 12:5

तर कोसित डराउनु पर्छ म तिमीहरूलाई बताउनेछु। तिमीहरू उहाँ एकसंग डराउनु पर्छ जससित मारे पछि नरकमा फयाँक्न सक्ने शक्ति छ। हो, उहाँ मात्र एक हुनुहुन्छ जससित तिमीहरू डराउनु पर्छ।

लूका 17:2

त्यो मानिस जो दुर्वल मानिसहरूमाथि अन्याय गर्छ त्यसले कठोर प्रतिफल भोग्नु पर्छ। तर त्यसको लागि गलामा जाँतो बाँधेर सागरमा फ्याँकिनु असल हुनेछ।

रोमी 9:33

त्यस ढुंगाको विषयमा धर्मशास्त्र भन्छः“हेर, सियोनमा म एउटा ढुंगा राख्छु, जसमा मानिसहरूलाई ठेस लाग्छ। यो एउटा चहान हो जसले मानिसलाई पाप गर्न लाउँछ। तर चट्टानमा कसैले विश्वास गर्दछ भने उसलाई लज्जित पारिने छैन।”

रोमी 14:20

भोजनले परमेश्वरको कार्य नष्ट गर्न नदेऊ। हरेक खाद्य खान लायकको हुन्छ। तर अर्कोलाई पापमा पार्ने खाना खानु अनुचित हो।

1 कोरिन्थी 8:13

यदि खाने कुराले मेरो भाइलाई पापमा तान्छ भने म फेरि कहिल्यै मासु खाने छैन ताकि म मेरो भाइलाई पाप गराउने छैन।

गलाती 5:11

मेरा दाज्यु-भाईहरू हो! मानिसले खतना गर्नै पर्छ भनेर मैले सिकाएको छैन। त्यस्तै सिकाउँदैछु भने फेरि मेरो खेदो किन गरिन्छ? मैले मानिसहरूलाई खतना गर्नु सिकाएकै हो भने ख्रीष्टबारे मेरो प्रचारमा कुनै समस्या नै बन्ने थिएन। यदि मैले खतना गर्न मानिसहरूलाई सिकाई रहेको छैन भने, तब क्रूसको विषयमा मेरो शिक्षा कुनै समस्या नै होइन।

1 पत्रुस 2:8

जसले विश्वास गर्दैनन् तिनीहरुको निम्ति उहाँ हुनुहुन्छ् “एक ढुङ्गा जसले मानिसहरुलाई ठेस लगाउँछ, एक ढुङ्गा जसले मानिसहरुलाई लडाउँछ।”

Interlinear

Choose Theme