गालील झील भएर येशू हिंड्दै जानुभयो। उहाँले अरू दुइजना दाज्यू-भाइलाई देख्नुभयो, याकूब र यूहन्ना ती जब्दीका छोराहरू थिए। तिनीहरूले जाल बुन्दै गरेका देख्नु भयो। येशूले ती दुइ दाज्यू-भाइलाई पनि बोलाउनु भयो।
Cross references
ती बाह्र प्रेरितहरूको नाउँ यस प्रकार छ शिमोन जसलाई पत्रुस पनि भनिन्छ अनि उसको दाज्यू अन्द्रियास, जब्दीको छोरो याकूब; अनि उसको भाइ यूहन्ना;
त्यसको छ दिनपछि, येशू आफूसंग पत्रुस, याकूब अनि युहन्ना (याकूबको दाज्यू) लाई लिएर एउटा अग्लो पर्वततिर लाग्नु भयो। तिनीहरू सुनसान ठाउँमा थिए।
तब जब्दीकी पत्नी येशूकहाँ आइन्। उनका छोराहरू पनि साथमा थिए। उनले शिर निहुराएर येशूलाई दण्डवत गरिन अनि येशूसित केही कुरो मागिन्।
येशूले पत्रुस र जब्दीको दुइ छोराहरूलाई आफ्नो साथमा लानुभयो। अनि येशू खूबै दुखी र विचलित हुनुभयो।
येशू गालीलको ताल भएर केही पर गइरहनु भएको थियो। उहाँले अरू जब्दीका दुइजना छोराहरू दाज्यू-भाइ याकूब र यूहन्नालाई देख्नु भयो, तिनिहरू आफ्नो डुङ्गामा चढेर माछा मार्न जाल तयार गर्दैथिए।
याकूब र यूहन्ना, जब्दीका छोराहरु (जसलाई येशूले “बोअनर्गेश” नाउँ दिनुभएको थियो जसको अर्थ हुन्छ गर्दनका छोराहरु),
येशूले पत्रुस, याकूब, याकूबका भाइ यूहन्ना बाहेक अरू कसैलाई पनि उहाँको साथमा आउन अनुमति दिनुभएन।
जब्दीका पुत्रहरू याकूब र यूहन्ना पनि छक्क परे। याकूब र यहून्ना शिमोनसंगै माछा मार्दैं थिए। येशूले शिमोनलाई भन्नुभयो, “डराउनु पर्दैन अब उसो तिमीहरू माछा मार्ने छैनौ तर मानिसहरू समात्ने छौ।”
केही चेलाहरू भेला भएका थिए। तिनीहरू शिमोन पत्रुस, थोमा (दिदुमस भनिने), गालीलको कानाका नथानेल, जबदीका दुइ छोराहरू र अन्य दुइजना उहाँका अन्य चेलाहरू त्यहाँ थिए।
हेरोदले याकूबलाई तरवाले मार्नु भन्ने हुकुम दिए। याकूब यूहन्नाका भाइ थिए।