तब मुख्य पूजाहारीहरू अनि यहूदी अगुवाहरू भेला भएर सर-सल्लाह गरे। तिनीहरूले सैनिकहरूलाई घुस दिने योजना मिलाए।
Cross references
अन्य राष्ट्रका मानिसहरू किन रिसाउँछन्? किन तिनीहरू मूर्खतापूर्ण योजनाहरू बनाउँदै छन्?
तब मुख्य पूजाहारीहरू र यहूदी प्रधान, अगुवाहरू पूजाहारीको ठाउँमा भेला भए। प्रधान पूजाहारीको नाम कैयाफा थियो।
भोलिपल्ट बिहानै, सबै मुख्य पूजाहारीहरू यहूदी प्रधानहरूले येशूलाई मार्न आपसमा सरसल्लाह गरे।
त्यस दिनलाई तयारीको दिन भनिन्थ्यो। भोलिपल्ट, मुख्य पूजाहारीहरू र फरिसीहरू पिलातसकहाँ पुगे।
तब मुख्य पूजाहारीहरू र फरिसीहरूले यहूदी परिषदको सभा डाके। तिनीहरूले भने, “हामीले के गर्नु पर्ने? यो मानिसले धेरै चमत्कारहरू गरिरहेछ।
यसैले मुख्य पूजाहारीहरूले लाजरसलाई पनि मार्ने योजनाहरू गरे।
अर्को दिन यहूदी अगुवाहरू, बूढा यहूदी अगुवाहरू र शास्त्रीहरू यरूशलेममा भेट्न भए।
यहूदी नेताहरू यी कुरा सुनेपछि रिसले चूर भए। तिनीहरूले प्रेरितहरूलाई मार्न चाहन्थे।
तिनीहरूले प्रेरितहरूलाई फेरि बोलाए। तिनीहरूले तिनीहरूलाई कुट-पिट गरे अनि येशूको विषयमा मानिसहरूलाई केही अझ अरू नबताउनु भने। त्यसपछि तिनीहरूले तिनीहरूलाई छाडी दिए।