त्यसपछि उसले अरू नोकहरूलाई पिट्न थाल्छ। उ आफूजस्तै अरू मानिसहरूसँग बसेर खान र पिउन लाग्छ।
Cross references
यसरी तिनीहरूले मानिसहरूलाई दुर्व्यवहार गर्थे। पूजाहारीहरूको कर्त्तव्य यो थियोः जब कोही मानिस बलिदान चढाउँथ्यो तब पूजाहारीले एउटा भाँडाको उम्लीएको पानीमा मासु पकाउनु पर्थ्यो। तब पूजाहारीको सेवकले त्रिशूल लिनु पर्थ्यो।
तर तैंले ती बलि र भेटीहरूमा मेरो आदेश अनुसार आदर गरिनस्। मलाई भन्दा ज्यादा तैंले तेरो छोराहरूलाई सम्मान दिइस्। इस्राएलका मेरा मानिसहरूले मलाई चढाएको पवित्र बलिको भोजन खाएर तँ मोटाएकोछस्।’
तिनीहरू भन्नेछन्, “आऊ म केही मद ल्याउनेछु अनि हामीले केही निगार पनि लिनु सक्नेछौ। भोलि हामीले यस्तै गर्ने छौ किनभने हामीसँग यस्तो प्रशस्ती छ।”
तिमीहरूले परमप्रभुका आज्ञाहरू पालन गर्छौ भने परमप्रभुले भन्नु भएका कुराहरू पनि सुन्नुपर्छ। “तिमीहरूका दाज्यू-भाइहरूले तिमीहरूलाई घृणा गरे, तिनीहरू तिमीहरूका विरोधी भए किनभने तिमीहरूले मलाई पछ्यायौ। तिमीहरूका दाज्यू-भाइहरूले भने, ‘हामी तिमीहरूकहाँ फर्केर आउनेछौ जब परमप्रभु सम्मानित हुनुहुन्छ।’ ती दुष्ट मानिसहरू दण्डित हुने नै छ।
तिमी बोसो खान्छौ अनि आफ्नो लुगा बनाउँनको निम्ति त्यसको ऊन उपयोग गर्छौ। तिमीले मोटो भेडा मार्छौ, तर तिमीले दुब्लो भेडालाई खान दिँदैनौ।
परमप्रभु झूटा अगमवक्ताहरुको विषयमा भन्नुहुन्छ जसले मेरा मानिसहरुलाई पाप गर्न लगाए । ‘यदि मानिसहरुले यी झूटो अगमवक्ताहरुलाई खान दिए भने, ‘तिमीहरुलाई शान्ति होस्’ भन्दछन्, यदि ती मानिसहरुले खान दिएनन् भने तिनीहरुको विरूद्ध सेनाहरु भड्काउँछन्।
‘झूटा अगमवक्ताहरूबाट होशियार बस। तिनीहरू भेडाका भेषमा तिमीहरूकहाँ आउँछन्। तर वास्तावमा तिनीहरू खतरनाक ब्वाँसाहरू झैं हुन्छन्।
त्यस किसिमका मानिसहरूले हाम्रा प्रभु ख्रीष्टको सेवा गर्दैनन्। तिनीहरू आफ्नै खाँचोको निम्ति मात्र काम गर्दछन्। सीधा-साधाहरूलाई ती आफ्ना चिप्लो कुरा र खुशामदीले मूर्ख बनाउँदछन्।
यदि कसैले तिमीहरूलाई जबर्जस्ती गर्छ, शोषण गर्छ, अथवा तिमीहरूमाथि मौका लिन्छ अनि आफै घमण्ड गर्छ अथवा गालामा थप्पड हिर्काए पनि आफै घमण्ड गर्छ अथवा गालामा थप्पड हिर्काए पनि म जान्दछु तिमीहरूले सहने छौ।
तिनीहरू जुन तरिकामा बाँचेकाछन् त्यसले तिनीहरूलाई विनाश तिर घचेट्नेछ। तिनीहरू परमेश्वरको सेवा गर्दैनन्। ती आफैलाई खुशी राख्न मात्र बाँच्छन्। ती लाज लाग्दो काम गर्छन् र त्यसमा गर्व गर्छन्।
तिनीहरूले नसिकाउनु पर्ने कुराहरू सिकाएर त्यस्ता मानिसहरूले ठग्नु अनि पैसा कमाउनु मात्र तिनीहरू त्यस्तो शिक्षा दिन्छन्।
तिमीहरुको जिम्मामा रहेका मानिसहरुमा तिमी शासक जस्तो व्यवहार नगर। तर ती मानिसहरुका निम्ति असल उदाहरण बन।
यी झूटा शिकहरुले धेरै मानिसहरुलाई चोट पुरयाँउछन्। यसर्य तिनीहरुले पनि चोट पाउनेछन्। त्यो तिनीहरुले गरेको कर्मको ज्याला हुनेछ। यी झूटा शिक्षकहरु, सबै मानिसहरु समक्ष आनन्द लिइने खेल झैं कुकर्मलाई लिन्छन्। तिनीहरु कुकर्ममा आनन्द लिन्छन् यसले तिनीहरुलाई खुशी पार्छ। यसर्थ तिनीहरु तिमीहरुमाझ फोहोर कलङक अनि दागहरु जस्तै हुन्। तिमीहरुसित साधरण भोजनमा भाग लिन्छन्। तिमीहरुलाई लज्जित तुल्याउँछ्न।